११ औँ महाधिवेशन प्रतिनिधि छनोटका लागी एमाले नवलपुरमा १५ सदस्यकालागि ७५ जनाको उम्मेद्वारि
दीपेन्द्र रेग्मी, मंसिर ११, कावासोती ।
नेकपा एमालेको ११ औँ महाधिवेशन प्रतिनिधि छनोटका लागी नवलपुरमा मनोनयन दर्ताको काम सम्पन्न भएको छ । यहि आउँदो मंसिर २७ देखि २९ सम्म काठमाडौँमा हुन लागेको महाधिवेशनका लागि प्रतिनिधि चयनमा एमालेले यस पटक स्पष्ट मापदण्ड लागू गरेको छ । पार्टीले बनाएको नियमअनुसार, सदस्य संख्या अनुसार क्लस्टर छुट्याइको र सोही आधारमा जिल्लाबाट जाने प्रतिनिधिको संख्या निर्धारण गरिएको छ । क्लस्टर अनुसार चयन गरिएको प्रतिनिधिले महाधिवेशनमा मताधिकार प्रयोग गर्न पाउने नियम रहेको छ ।
जिल्लाको निर्वाचन क्षेत्र नं. १, २ र दलित मुक्ति समाजबाट समेत गरि भूगोल …
चितवन र नवलपुर जोड्ने नारायणी नदीमा निर्माण गरिने नयाँ पुलको डिजाइन स्वीकृत
कात्तिक २५, कावासोती । चितवन र नवलपुर जोड्ने नारायणी नदीमा निर्माण गरिने नयाँ पुलको डिजाइन स्वीकृत भएको छ । सडक विभाग अन्तर्गतको पुल महाशाखाले ‘केबल–स्टेड’ डिजाइनमा निर्माण हुने उक्त पुलको डिजाइनलाई स्वीकृति दिएको छ । २०० वर्षसम्म टिक्ने र ठुलो बाढी तथा पानीजहाज सञ्चालनलाई समेत ध्यानमा राखेर डिजाइन गरिएको यो पुलको निर्माण मंसिरदेखि सुरु हुनेछ ।
महाशाखाका इन्जिनियर अमितकुमार बर्माका अनुसार असोज अन्त्यतिर पुलको डिजाइन स्वीकृत भएको थियो । डिजाइन स्वीकृत भएसँगै निर्माण कार्य अघि बढाउने तयारी भइरहेको छ ।
२०८० जेठ १९ गते तुँदी कन्स्ट्रक्सन प्रालिसँग १ अर्ब ६८ करोड ७६ …
कावासोतीमा स्कुटर र अटो ठोक्किँदा दुईजना घाइते
नवलपुर , कात्तिक १७ – कावासोती नगरपालिका–३ सभापतीचोकस्थित पूर्व–पश्चिम राजमार्गमा आज साँझ स्कुटर र अटो ठोक्किँदा दुईजना घाइते भएका छन्।
दुम्किबासबाट नारायणगढतर्फ जाँदै गरेको ना ४३ प १०१७ नम्बरको स्कुटर र बाटो क्रस गर्दै गरेको ग.प्र.०४–००१ ह ०१७७ नम्बरको अटो एक आपसमा ठोक्किँदा दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय नवलपुरले जनाएको छ।
दुर्घटनामा स्कुटर चालक सरकार क्षेत्री (३३ वर्ष), चितवन महानगरपालिका–१३ र पछाडि सवार निता थापा बरुवाल (३२ वर्ष), माडी नगरपालिका–५ घाइते भएका छन्। दुवैजनाको दाहिने हात, खुट्टा, औंला, घुँडा तथा छातीमा चोट लागेको र उनीहरूलाई उपचारका लागि कालिगण्डकी अस्पताल कावासोतीमा भर्ना गरिएको …
पिठौलिको ऐतिहासिक हरिबोधनी मेलामा चर्चित कलाकारहरुको प्रस्तुती रहने ।
विजय ढकाल, कावासोती : पूर्वी नवलपरासीको कावासोती नगरपालिका– १२ पिठौलीको नारायणी नदी किनारमा अवस्थित पिठौली चौरमा यो वर्ष पनि ऐतिहासिक हरिबोधनी एकादशी मेला तथा विविध सांस्कृतिक कार्यक्रमहरू भव्य रूपमा आयोजना हुँदैछ।
बर्सेनि लाग्ने यो मेलाले स्थानीय तथा आसपासका जिल्लाबाट हजारौं भक्तजन र पर्यटकलाई आकर्षित गर्ने आयोजकको अपेक्षा छ।
पिठौली हरिबोधनी एकादशी मेला लामो समयदेखिको धार्मिक–सांस्कृतिक परम्परा हो। नारायणी नदीको पवित्र किनारमा दशकौंदेखि मनाइने यो मेला भगवान विष्णुको चार महिनाको योगनिद्राबाट जागरणको प्रतीक हो।
स्थानीय विश्वासअनुसार, नारायणी स्नानले पापमोचन र मोक्ष प्राप्त हुन्छ। विगतका वर्षहरूमा पनि यो मेलामा नारायणी घाटहरू (पिठौली, शिख्रौली, घुमारी, गुन्द्रही …
नवलपुर प्रहरीको पेट्रोल पम्प सञ्चालनमा
कात्तिक २ गते । नेपाल प्रहरीले नवलपुरको कावासोतीमा निर्माण गरेको अत्याधुनिक सुविधा युक्त प्रहरी कल्याण कोष नमुना पेट्रोल पम्प आजदेखि सञ्चालनमा आएको छ ।
आज एक कार्यक्रमका बिच प्रहरी महानिरीक्षक चन्द्र कुबेर खापुङ्गले पेट्रोल पम्प उद्घाटन गर्नुभएको छ । प्रहरी महानिरीक्षक खापुङ्गले शिलालेख अनावरण तथा रिबन काटेर उद्घाटन गरे लगत्तै उपभोक्ताले पम्पमा सेवा लिएका छन् ।
कावासोती –२ स्थित जिल्ला प्रहरी कार्यालयको नाममा रहेको खूल्ला मैदानका नामले परिचित ठाउँमा एक बिगाहा २ कठ्ठा १७ धुर जग्गामा पेट्रोल पम्प निर्माण गरिएको हो ।
उद्घाटनपछि सम्बोधन गर्दै प्रहरी महानिरीक्षक खापुङ्गले प्रहरीले प्रहरीले सञ्चालन गर्ने पेट्रोल …
“भविष्यलाई दिशा दिने तालिम” सम्पन्न
एन. सन्चार । कावासाेतीकाे वाइज भिजन विद्यालयमा “करिअर परामर्श तथा व्यक्तित्व विकास तालिम” सम्पन्न भएकाे छ । सरल नेपाल नवलपुरद्वारा आयोजित कार्यक्रम समिर लामिछानेको अध्यक्षतामा तथा कावासोती नगरपालिका–११ का वडा अध्यक्ष शारदा प्रसाद अधिकारीको प्रमुख आतिथ्यतामा सम्पन्न भएकाे हाे ।
कावासाेती १२ पिठाैलीमा सन्चालित वाईज भिजन वाेर्डङ्ग स्कुलमा पिठौलीका विद्यार्थीहरूका लागि आयोजना गरिएको उक्त तालिमले विद्यार्थीहरूमा जीवन मूल्य, करिअर योजना तथा व्यक्तित्व विकासप्रतिको चेतना अभिवृद्धि गरेको सहभागीहरूले बताएका छन्।
कार्यक्रममा वडा कार्यसमिति सदस्य केवल चौधरी, विद्यालयका प्रधानाध्यापक तिलक चन सापकोटा, विद्यालय व्यवस्थापन समिति अध्यक्ष सागर गुरुङ लगाएत सहभागी थिए । प्रमुख प्रशिक्षकको …
बाढीले नदी तटबन्धमा १० करोड बराबरको क्षति
१९ असोज, काठमाडौं। असोज १७ र १८ गते आएको बाढीले विभिन्न स्थानमा नदी नियन्त्रणका लागि बनाइएको १ हजार ५०० मिटर तटबन्ध कटान भएको छ । यसबाट करिब १० करोड क्षति भएको प्रारम्भिक अनुमान छ ।
ऊर्जा, जलस्रोत तथा सिंचाइ मन्त्रालयका अनुसार कन्काई नदीले गौरीगञ्ज–२ झापामा हुलाकी राजमार्गको तल्लो तटीय दायाँ किनारमा करिब २०० मिटर तटबन्धन कटान गरेको छ ।
यसबाट होकलबारी गाउँको करिब १ सय १४ घरबारी डुबानमा परेको छ भने ५०० हेक्टर धान खेतमा क्षति भएको छ ।
साथै झापा गाउँपालिका– २ को कुवाडीमा अनुमानित २०० मिटर तटबन्ध कटान गरी करिब २५ …
बाढीपहिरो अपडेट : देशभर ४९ को मृत्यु, इलाममा मात्रै ३७ जना,७ जना बेपत्ता
१९ असोज, काठमाडौं । शुक्रबार र शनिबार निरन्तर आएको वर्षाका कारण आएको पहिरो र बाढीमा परेर ज्यान गुमाउनको संख्या ४९ पुगेको छ ।
नेपाल प्रहरीले दिएको पछिल्लो विवरण अनुसार, देशभर ज्यान गुमाउनेको संख्या ४९ पुगेको हो । यो विवरण दिउँसो साढे १ बजेसम्म संकलन गरिएको प्रहरीले जनाएको छ ।
जसमध्ये सबैभन्दा कोशी प्रदेशका जिल्लाहरूमा ज्यान गुमाउनेको संख्या धेरै छ । इलाममै ३७ जनाले ज्यान गुमाएका छन् । उदयपुरमा २, खोटाङमा १ र पाँचथरमा ६ जनाले ज्यान गुमाएका छन् ।
त्यस्तै, रौतहटमा ३ जनाले बाढीमा परेर ज्यान गुमाएका छन् । प्रहरीका अनुसार, इलाममा १ …
जेनजी आन्दोलनमा तोडफोड गर्नेलाई कारवाही नगरे प्रहरी प्रशासनलाई असहयोग गर्ने नवलपुरका जनप्रतिनिधिको चेतावनी
बोमलाल गिरी : नवलपुर, असोज ११ गते । नवलपुरका सम्पूर्ण जनप्रतिनिधिले गत भदौ २४ गते जेनजी आन्दोलनका क्रममा व्यक्तिका नीजि घर तथा सार्वजनिक सम्पत्तिको तोडफोड गर्नेलाई कारवाही गर्न माग गर्दै प्रमुख जिल्ला अधिकारीलाई ज्ञापन पत्र बुझाएका छन् । उनीहरुले शनिवार प्रजिअ भविश्वर पाण्डेलाई ज्ञापन पत्र बुझाउँदै तत्काल दोषीलाई पक्राउ गरी कारवाही नगरे सम्पूर्ण जनप्रतिनिधिले प्रहरी प्रशासनलाई असहयोग गर्ने चेतावनी पनि दिएका छन् ।
गण्डकी प्रदेशका मन्त्री, पूर्व मुख्यमन्त्री, प्रदेश सभा सदस्य, जिल्ला समन्वय समिति प्रमुख, उपप्रमुख, विभिन्न पालिका प्रमुखहरु, उपप्रमुखहरु र वडाध्यक्षसहित जिल्ला प्रशास कार्यालय पुगेर उनीहरुले जेनजी आन्दोलनका नाममा आतंककारी …
कावासाेतीमा चक्कु प्रहार गरी श्रीमतीकाे हत्या
कावासाेती। नवलपुरको कावासोतीमा आज साँझ श्रीमानले आफ्नी श्रीमतीको चक्कु प्रहार गरी हत्या गरेका छन्।
कावासोती–८ बस्ने ४५ वर्षीय सूर्य पाण्डेले आफ्नी श्रीमती ३८ वर्षीया सगींता पाण्डेमाथि घरायसी बिबादका कारण धारिलो हतियार प्रहार गर्दा उनको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ।
हत्या गरेलगत्तै अभियुक्त पाण्डे जिल्ला प्रहरी कार्यालय नवलपुरमै पुगेर आत्मसमर्पण गरेको जिल्ला प्रहरी कार्यालयले जानकारी दियाे ।
घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
स्याङ्गजा अर्जुनचौपारी नवलपुर सम्पर्क समाजको शुभकामना आदानप्रदान तथा चौथो बार्षिक साधारण सभा सम्पन्न
एन. सन्चार, कावासाेती । स्याङ्गजा अर्जुनचौपारी नवलपुर सम्पर्क समाजको शुभकामना आदानप्रदान तथा चौथो बार्षिक साधारण सभा सम्पन्न भयको छ । कावासोती २ मा अवस्थित नर्मद्देश्वर शिवालय मन्दिरको जेष्ठ नागरिक सभाहल मा सो कार्यक्रम सम्पन्न भयको हो ।
सस्थाका अध्यक्ष आत्माराम चापागाइको अध्यक्षतामा आयोजित कार्यक्रम मा सस्थाका जेस्ठ नागरिक ९८ बर्शिय टिकाराम गोतामे प्रमुख अतिथि रहनुभयको थियो ।
विशिष्ठ अतिथीकाे रूपमा रहनुभएका कावासाेती १२ का निवर्तमान वडाध्यक्ष खेम प्रसाद काफ्लेले व्यानर बाचन गरि कार्यक्रमकाे उद्घाटन गर्नुभएकाे थियाे । वरिष्ठ उपाध्यक्ष शसिधर चापागाइकाे स्वागत मन्तव्य रहेकाे कार्यक्रमकाे सन्चालन सचिव वेद प्रकास काफ्लेले गर्नुभएकाे थियाे …
नवरात्रको पहिलो दिन माता शैलपुत्रीको पूजा
कावासोती । नवरात्रको पहिलो दिन माता शैलपुत्रीको पूजा गरिन्छ । देवी दुर्गा माताका नौ रूपमध्ये पहिलो रूप शैलपुत्री हुन् । मार्कण्डेय पुराणअनुसार पर्वतराज हिमालयकी पुत्री भएकी कारण उनलाई हिमालयराजकी छोरी, पार्वती, सेती, हेमवती वा शैलपुत्री नामले चिनिन्छ । आश्विन शुक्ल प्रतिपदाको दिन शैलपुत्रीको पूजा तथा आराधना गर्ने प्रचलन छ ।
कथाअनुसार दक्ष प्रजापतिले आयोजना गरेको विशाल यज्ञमा भगवान् शंकर र शतिदेवीलाई निमन्त्रणा दिइएन । बाबुले गरेको यज्ञमा सहभागी हुन चाहनुभएकी शतिदेवीलाई श्रीमहादेवले रोके पनि उनी आफ्ना आमा र बहिनीहरूसँग भेट गर्न भन्दै यज्ञस्थल पुगेकी थिइन् । त्यहाँ उनलाई अपमान गरिएको र …
बडादसैँ सुरु, आज घरघरमा घटस्थापना गरिँदै
कावासोती । प्रत्येक वर्ष आश्विन शुक्ल प्रतिपदादेखि सुरु हुने हिन्दुहरूको महान् पर्व बडा दसैँ आजदेखि प्रारम्भ भएको छ।
यो पर्व आश्विन शुक्ल पूर्णिमासम्म १५ दिन धूमधामका साथ मनाउने गरिन्छ। बडा दसैँको पहिलो दिन आज घरघरमा विधिपूर्वक दियो, कलश र गणेश स्थापनासहित घटस्थापना गरिन्छ। पूजा कोठा वा दसैँ घरमा वैदिक विधि पूर्वक शक्तिकी अधिष्ठात्री देवी दुर्गाको आह्वान गरी पूजा आरम्भ हुन्छ।
आज बिहानै नित्य कर्म समाप्त गरी नजिकको नदी वा चोखो स्थलबाट बालुवा वा माटो ल्याई गाईको गोबरले लिपपोत गरिएको पूजा कोठा अथवा दसैँ घरमा विधिपूर्पक राखेर त्यसमाथि यव अर्थात् जौ रोप्ने गरिन्छ। …
राष्ट्रपति समक्ष ५ जना मन्त्रीको नाम सिफारिस, शपथ भोलि
५ असोज । प्रधानमन्त्री सुशीला कार्कीले ५ जना मन्त्रीहरूको नाम राष्ट्रपति समक्ष सिफारिस गरेकी छिन् ।
उनले आफ्नो समूहमा साँझ गहन छलफल गरेपछि पूर्वन्यायाधीश अनिल कुमार सिन्हा, पत्रकार जगदीश खरेल, अतिरिक्त सचिव डा.संगिता मिश्रा, वैज्ञानिक महावीर पुन र तत्कालीन राज्य पुनर्संरचनाका संयोजक समेत रहेका डा. मदन परियारलाई मन्त्रीमा नियुक्तिका लागि राष्ट्रपति समक्ष सिफारिस गरेकी हुन् ।
सिफारिस भएका मन्त्रीहरूको नियुक्ति र शपथ भोलि मात्रै हुने राष्ट्रपतिको कार्यालयले जनाएको छ ।
आज सोह्रश्राद्धको अन्तिम दिन, पितृपक्ष समापन हुँदै
५ असोज । आश्विन कृष्ण प्रतिपदादेखि सुरु भएको पितृपक्ष आज अपराह्नकालमा दिवङ्गत पितृका नाममा तर्पण, सिदादान र पिण्डदान गरी समापन गरिँदैछ ।
आश्विन कृष्ण प्रतिपदादेखि सुरु हुने पितृपक्ष आश्विन कृष्ण आमावास्याका दिन दिवङ्गत पितृका नाममा तर्पण, सिदादान र पिण्डदान गरी आज समापन गर्न लागिएको हो । आश्विन शुक्ल प्रतिपदाका दिन गरिने मातामह (आमाको बा)को श्राद्ध भने सोमबार गरिन्छ ।
पितृपक्षका १५ तिथि र आश्विन शुक्ल प्रतिपदाको एक दिन गरी सोह्र तिथिका दिनसम्म दिवङ्गत पितृका नाममा तर्पण, सिदादान र पिण्डदान गरिने भएकाले यसलाई सोह्र श्राद्धसमेत भनिन्छ ।
पितृपक्षको अन्तिम दिन आज आमावास्या अर्थात् औँसी …
अवरुद्ध मुग्लिन–नारायणगढ सडकको पहिरो हटाउन सुरु
चितवन । शुक्रबार साँझदेखि अवरुद्ध बनेको मुग्लिन–नारायणगढ सडकखण्ड अझै सञ्चालनमा आउन सकेको छैन । तुईन खोला पुल नजिक झरेको पहिरो अझै नरोकिएकाले पहिरो हटाउन सकस भएको सडक डिभिजन कार्यालय भरतपुरले जनाएको छ ।
आइतबार बिहानैदेखि पहिरो हटाउन थालिएको छ । कार्यालयका अनुसार शुक्रबार साँझ करिब ६:३० बजेबाट निरन्तर पहिरो खसिरहेको छ। पहिरो खस्न नरोकिएपछि शनिबार साँझपछि रोकिएको पहिरो हटाउने कार्य आज बिहानबाट सुरु भएको हो ।
यात्रुहरूलाई सुरक्षित स्थानमा बस्न र सडकमा अड्किएका सवारीसाधनलाई लेन अनुशासनमा राख्न कार्यालयले अनुरोध गरेको छ । सकभर वैकल्पिक सडकको प्रयोग गर्न पनि कार्यालयले आग्रह गरेको छ …
मुग्लिन-नारायणगढ सडकखण्ड आज पनि रातभर नखुल्ने, रोकिएन पहिरो
४ असोज, काठमाडौं । मुग्लिन–नारायणगढ सडकखण्ड आज पनि रातभर नखुल्ने भएको छ । जिल्ला प्रहरी कार्यालय, चितवनका एसपी गोविन्द पुरीका अनुसार, आज रातभर पनि सडक दुईतर्फी नै बन्द हुने भएको हो ।
साँझसम्म पनि निरन्तर पहिरो गइरहेका कारण पन्छाउन नसकिएको उनले अनलाइनखबरलाई बताए । आजका लागि पहिरो पन्छाउने काम पनि रोकिएको छ ।
‘आज पनि रातभर सडक नखुल्ने भयो । पहिरो निरन्तर आइरहेकाले अवरोध हटाउन सकिएन,’ एसपी पन्तले भने, ‘भोलि बिहान ४–५ बजेबाटै काम सुरु गर्छौं ।’
उनका अनुसार, भोलि पनि मध्यान्ह १२ बजेभन्दा अघि सहज आवागमन गराउनसक्ने अवस्था देखिएको छैन । चितवनको …
दशैं अवधिभर दाउन्ने सडकखण्डमा ठूला सवारी सञ्चालनमा रोक
असोज ४ , कावासोती । बुटवल–नारायणघाट सडकको दाउन्ने खण्डमा दशैं अवधिभर ठूला भारवाहन सवारी साधनहरू (१२ चक्के र सोभन्दा माथि) सञ्चालन नहुने भएको छ ।
शनिबार दिउँसो भौतिक, पूर्वाधार तथा यातायात मन्त्रालयमा भएको छलफलपछि सो सडकखण्डमा दशैंको अवधिभर यात्रुबाहक सवारीहरूको चाप बढ्ने भएकाले ठूला भारवाहन सवारी साधनलाई रोक लगाउने निर्णय भएको हो । त्यसका लागि सम्बन्धित पक्षलाई आग्रह गर्ने निर्णय भएको मन्त्रालयले जनाएको छ ।
ऊर्जा र शहरी विकास मन्त्रालयको समेत जिम्मेवारी सम्हालेका भौतिकमन्त्री कुलमान घिसिङको सचिवालयले दिएको जानकारी अनुसार, खाद्यान्न लगायतका अत्यावश्यक सामाग्रीहरू ढुवानी गर्ने सवारी साधनलाई भने निरन्तर आवागमन हुने …
आगजनी र तोडफोडबाट १० हजार बढी श्रमिकको रोजगारी गुम्ने जोखिम
१ असोज, काठमाडौं । २४ भदौको जेनजी आन्दोलन नियन्त्रणबाहिर पुग्दा देशभरि आगजनी र तोडफोडका घटनाहरू भए । आन्दोलनका क्रममा सरकारी संरचना मात्र नभई निजी व्यावसायिक समूहका उद्योग, व्यवसाय र निजी निवासमा समेत आगजनी र तोडफोड हुँदा व्यापक क्षति हुन पुग्यो । आगजनी र तोडफोडको प्रत्यक्ष असर उद्योगी एवं व्यवसायीलाई मात्रै परेको छैन, त्यसमा आश्रित १० हजारभन्दा बढी श्रमिकको रोजगारी गुम्ने जोखिम देखिएको छ ।
आगजानी र तोडफोडका कारण भाटभटेनी, हिल्टन होटल, ह्यात होटल, चौधरी ग्रुप लगायतका अर्बौंको लगानी भएका निजी संस्थाहरू समेत तहसनहस भएका छन् । त्यसले गर्दा ती क्षेत्रमा काम …
तीन मन्त्रीको टुंगो लाग्यो, भोलि शपथ
२९ भदौ, काठमाडौं । प्रधानमन्त्री सुशीला कार्की नेतृत्वको सरकारमा सहभागी हुने तीन जना मन्त्रीको नाम टुंगो लागेको छ । प्रधानमन्त्री निवास बालुवाटार स्रोतका अनुसार, अर्थ मन्त्रालयमा रामेश्वर खनाल, गृहमन्त्रालयमा ओमप्रकाश अर्याल र ऊर्जा मन्त्रालयमा कुलमान घिसिङको नाम टुंगो लागेको हो ।
अर्यालले कानुन मन्त्रालयको समेत जिम्मेवारी पाउने भएका छन् । घिसिङलाई ऊर्जाका अलवा भौतिक पूर्वाधार तथा यातायात र शहरी विकास मन्त्रालयको जिम्मेवारी पनि दिइएको छ ।
‘यो प्रारम्भिक सूची हो । उहाँहरूले पाउने मन्त्रालयको जिम्मेवारी थपिन सक्छ,’ स्रोतले भन्यो ‘उहाँहरूको पत्र बनिसकेको छ ।’
उनीहरूको शपथ ग्रहण भने भोलिमात्रै हुने बताइएको छ । …
