हत्या आरोपितको बयान : बलात्कारमा फसाइदिन्छु भनेपछि हत्या गरेँ

दाङ । दाङमा दुई महिलाको हत्या गरेका आरोपमा पक्राउ परेका टेकबहादुर घर्तीविरुद्ध जिल्ला अदालतमा मुद्दा दायर भएको छ ।
रोल्पाको थवाङ घर भएका ५८ वर्षीय टेकबहादुरविरुद्ध जिल्ला सरकारी वकिल कार्यालय दाङका जिल्ला न्यायाधिवक्ता दशरथ गौतमले जन्मकैदको सजाय माग गर्दै मुद्दा दायर गरेका हुन् । प्रहरीले अनुसन्धान टुंग्याएर प्रतिवेदन बुझाएपछि सरकारी वकिल कार्यालयले मुद्दा दायर गरेको हो । अब जिल्ला अदालतमा सोमबारदेखि उनको बकपत्र हुनेछ । त्यसपछि उनलाई पुर्पक्षका लागि थुनामा राख्ने कि थुनाबाहिर राखेर मुद्दाको फैसला गर्ने भन्ने सुनुवाइ हुनेछ ।
अटो चलाएर आफ्नो जीविकोपार्जन गर्दै आएका टेकबहादुरमाथि गत वैशाख २९ गते सुर्खेत …

नवलपुरमा गर्भवतीको हत्या

७ माघ, कावासाेती । नवलपुरको हुप्सेकोटका एक व्यक्तिले गर्भवती श्रीमतीको हत्या गरेका छन् । जिल्लाको हुप्सेकोट गाउँपालिका वडा नं. ६ बिरुखर्कका ३३ वर्षका शेरबहादुर लम्कामगरले ३४ वर्षीया श्रीमती चनिसरा लम्कामगरको हत्या गरेका हुन् ।
जिल्ला प्रहरी कार्यालय नवलपुरका अनुसार आज बिहान एक बजे शेरबहादुरले घरमै सुतिरहेकी श्रीमती चनिसरालाई कोदालो र खुर्पा प्रहार गरेर हत्या गरेका हुन् ।

प्रहरी नायव उपरिक्षक बेद बहादुर पौडेलका अनुसार चनिसरा ८ महिनाकी गर्भवती थिइन् । श्रीमतीको हत्या गर्ने शेर बहादुरलाई प्रहरीले घरबाटै नियन्त्रणमा लिएको छ ।

हत्या गर्नुको कारण खुलेको छैन । घटनाबारे थप अनुसन्धान भैरहेको प्रहरीले जनाएको …

साइबर अपराधीको जालोमा फस्दै बालबालिका : समाधानकाे उपाय के ?

घटना–१ : कक्षा १० मा अध्ययनरत १६ वर्षीया स्मिता थापालाई ६ महिनाअघि विदेशमा रहेका दाइले पढाइमा सहयोग हुने भन्दै मोबाइल पठाइदिए । मोबाइल पाएर स्मिता मक्ख परिन् । नयाँ मोबाइलमा टिकटक, फेसबुक, इन्टाग्राम सबै डाउनलोड गरिन् । आफ्नो फेसबुक अकाउन्टबाट सबै साथीलाई फ्रेन्ड रिक्वेस्ट पठाइन् । केही नयाँ साथी पनि बनाइन् । एक दिन अचानक उनलाई अनमोल केसीको फ्रेन्ड रिक्वेस्ट आयो । आफूलाई एकदमै मनपर्ने हिरोको फ्रेन्ड रिक्वेस्ट आएपछि उनले रिक्वेस्टलाई स्वीकार गरेर साथी बनिहालिन् ।

 
त्यसपछि उनीहरूबीच च्याटमा कुराकानी हुन थाल्यो । उनलाई तिमी कति वर्षको भयौ, कहाँ बस्छौ ? …

आरती साह मृत्यु प्रकरण : श्रीमान् र ससुरा पूर्पक्षका लागि जेल चलान

जनकपुरधाम । जनकपुरधाम उपमहानगरपालिका–९ थापाचोककी २२ वर्षीया आरती साह मृत्यु प्रकरणमा आरतीका श्रीमान् मोतिलाल साह र ससुरा मदन साहलाई पूर्पक्षका ज‍ेल चलान भएका छन् ।
तीन दिनको बहसपछि मंगलबार जिल्ला अदालत धनुषाका न्यायाधीश रामप्रसाद न्यौपानेको इजलासले आरोपितलाई पूर्पक्षका लागि थुनामा पठाउन आदेश दिएको हो । 

मृतक आरतीको बुबा विनोदप्रसाद साहले दिएको कर्तव्य ज्यानसम्बन्धी मुद्दामा सरकारी वकिल कार्यालयको तर्फबाट सुदीप दंगाल, जाहेरवालाको वकिल वरिष्ठ अधिवक्ता चन्द्र शर्मा मैनाली, अधिवक्ता इन्द्रप्रसाद अर्याल, रिङ्कु कुमारी यादव र राधा कुमारीले बहस गरेका थिए । 

प्रतिवादीको तर्फबाट वरिष्ठ अधिवक्ता विनोद कुमार शर्मा, सुदीप कोइराला, दीपकबहादुर केसी र मदन पाण्डेले बहस …

आफ्नै शिशुको हत्या आरोपित पक्राउ

२४ जेठ, काठमाडौं । आफ्नै शिशुको हत्या आरोपमा एक जना पक्राउ परेका छन् ।
पक्राउ पर्नेमा बाराबो देवताल गाउँपालिका ४ तिप्राडी टोल बस्ने सर्फुदिन अन्सारी रहेका काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रहरी उपरीक्षक रविन्द्र रेग्मीले जानकारी दिए ।

१४ दिनका छोराको हत्या गरी अन्सारी फरार भएको भन्दै खोजतलासाका लागि जिल्ला प्रहरी कार्यालय बाराबाट पत्रचार भएको र त्यसकै आधारमा कार्यालयबाट खटिएको प्रहरी टोलीले उनलाई काठमाडौंको चन्द्रागिरिबाट चन्द्रागिरी नगरपालिका  ढुंगेअड्डा पिपलबोट पक्रेको रेग्मीले बताए ।

पक्राउ परेका अन्सारीलाई आवश्यक अनुसन्धान तथा कारबाहीका लागि बारा पठाइएको छ ।

कपन घटना : निराको हत्याकाे अभियाेगमा पक्राउ परेका विक सार्वजनिक

काठमाडौँ । कपनस्थित सरस्वती नगरमा निरा पाण्डे आचार्यको हत्या गरेकाे अभियाेगमा पक्राउ परेका विनोद विकलाई प्रहरीले सार्वजनिक गरेकाे छ ।
प्रहरीकाे केन्द्रीय अनुसन्धान ब्युराे (सीआईबी) ले विकलाई झापाबाट पक्राउ गरेर ल्याएर काठमाडाैंमा सार्वजनिक गरेकाे हाे ।
करिब १३ वर्षदेखि भाँडा पसल सञ्चालन गर्ने निराको वैशाख ७ मा पसलमै हत्या भएको थियो ।
वैशाख ७ मा सामान किनेको पैसा बुझाउन जाँदा एकजना महिलाले काउन्टरमा ३५ वर्षीया निरा रगतपच्छे भएर ढलेको देखेपछि परिवारलाई खबर गरेकी थिइन् । उनको शरीरको २० ठाउँमा चक्कुले हानेर हत्या गरिएको थियो ।
हत्याबारे केन्द्रीय अनुसन्धान ब्यूरो, उपत्यका अपराध अनुसन्धान कार्यालय र …

चिनियाँ अपहरण प्रकरण : ३ वर्ष जेल बसेर निस्केका लक्ष्मण मुख्य योजनाकार

लैनचौरबाट चिनियाँ नागरिक याङ याङ र उनका भाषा सहयोगी सुर्यबहादुर राई अपहरणमा परे । साउन १८ मा साँझ उनीहरुलाई अपहरण गरेको अरोपमा प्रहरीले मध्यराति ६ जनालाई पक्राउ गरेको थियो । पक्राउ पर्ने मध्येका थिए, गोरखाको सिरानचोक गाउँपालिका–५ घर भई धापासी बस्ने २८ वर्षका लक्ष्मण गुरुङ ।
लक्ष्मण यसअघि पनि अपहरण तथा शरीर बन्धक उद्योगमा पक्राउ परेका थिए । प्रहरीको सिआरएस (क्रिमिनल रेकर्ड सिस्टम) अनुसार उनी ३ वर्ष जेल बसेर रिहा भएका हुन् । नुवाकोट घर भएर सामाखुसी बस्ने पशुपतिदेवी पाण्डे र हिमालराज गिरीलाई लक्ष्मण सहितको समूहले पटक–पटक फोन गरेर ‘अपहरण र …

२० लाखकोलागि साथीलाई मारेको आरोपमा आलम दम्पती पक्राउ/आज दिउँसो पत्रकार सम्मेलन मार्फत सार्वजनिक गरिने

एनसन्चार संवाददाता, परासि, माघ २७,
जग्गाको कारोबार गर्न भन्दै २० लाख रुपैयाँ बोकेर माघ ६ गते घरबाट भैरहवा तर्फ गएका विजय चौधरी माघ ७ गते साँझदेखि परिवार आफन्तको सम्पर्कमा आएनन् । त्यसको भोलिपल्ट गत माघ ८ गते पश्चिम नवलपरासीको रामग्राम नगरपालिका ९ पिपरहिया र जोकवारी सडक खण्डमा हत्या गरी फालिएको अवस्थामा चौधरीको लाश भेटियो । लाश भेटिए लगत्तै प्रहरीले हत्याराको खोजि सुरु गर्यो । चौधरीको हत्या भएको तिनसाता पछि प्रहरीले उनको हत्याका आरोपित राजु साह भनिने मञ्जुर आलम देवानलाई प्रहरीले पक्राउ गरेको हो ।
चौधरीको साथमा २० लाख नगद रहेको र उक्त …

सामान्य विवादका क्रममा हातपात हुँदा भीमबहादुरको मृत्यु

चितवनमा गत असोज २८ गते सामान्य विवादका क्रममा हातपात हुँदा भरतपुर महनगरपालिका वडा नम्बर–४ स्थित दुर्गा चोकका भीमबहादुर विकको मृत्यु भएको छ । ५८ वर्षीय विकको स्थानीय २ युवासँग विवादका क्रममा हातपात हुँदा लडेर मुत्यु भएको थियो ।

मादक पदार्थ सेवन गरेका मृतक विकको स्थानीय दिलीप श्रेष्ठ र सीताराम बस्नेतसँग विवादका कारण हातपात हुँदा लडेर मृत्यु भएको स्थानीयवासीको भनाइ छ । दसैँको नवमीको दिन मादक पदार्थ सेवन गरेका विक दुर्गा चोक स्थित बस्नेतको घर नजिक अपशब्द प्रयोग गरी होहल्ला गर्दै पुगेपछि विवाद भएको थियो ।

हल्ला नगर्न आग्रह गर्दा विकले अटेर गरेपछि …

बोक्सीको आरोपमा भाउजुको हत्याः

३१ असोज, जनकपुरधाम । महोत्तरीमा दशैंको समयमा बोक्सीको आरोपमा एक महिलाको हत्या भएको छ भने अर्की एकलाई मलमुत्र खुवाएर दुर्व्यवहार गरेको खुलेको छ ।
महोत्तरी गाउँपालिका ३ मडई बस्ने सञ्जय झाले २७ असोजमा भाउजु शिलादेवीको हत्या गरेको प्रहरीले जनाएको छ ।

शिलादेवी, देवर सञ्जय र देवरानी रिंकुसँगै बस्दै आएकी थिइन् । गत असारमा सञ्जयसँग बिहे गरेकी रिंकुसँग गर्भवती थिइन् । गर्भपतन भएपछि संजय जनकपुधरामस्थित रिंकुको हजुरआमाको घरमा बस्न थाले । त्यहाँ बस्दा पनि रिंकु बेलाबेला विरामी भइन् । अस्पतालमा चेकजाँच गराउन रोग पत्ता नलागेको भन्दै सञ्जयले पत्नी रिंकुलाई झाँक्री कहाँ लिएर गए …

श्रीमान् मृत भेटिए, श्रीमतीसहित चार पक्राउ

श्रीमानको हत्या आरोपमा कैलालीमा श्रीमतीसहित चार जना पक्राउ परेका छन्।
धनगढी उपमहानगरपालिका वडा नम्बर ७ का करिब २५ वर्षीय रमेश चौधरीको हत्या आरोपमा उनीहरुलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ।
आइतबार बिहानै घरदेखि ७ सय मिटर टाढा खुटिया खोलाको छेउमा चौधरीको शव फेला परेको  थियो।

शवको अवस्था हेर्दा हत्या गरिएको जस्तो देखिएपछि अनुसन्धानको लागि रमेशकी श्रीमतीसहित अन्य चार जनालाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रमुख प्रहरी उपरीक्षक विश्व अधिकारीले बताए।

शुक्रबार साँझ साथीकोमा जान भन्दै घरबाट निस्किएका चौधरी आइतबार बिहान मृत अवस्थामा फेला परेका हुन्।
उनको घाँटी थिचेर हत्या भएको हुन सक्ने अनुमान प्रहरीको छ।
पक्राउ …

संखुवासभामा ६ जना हत्याका आरोपी सार्वजनिक, दाउराको चिर्पटले हानेर मारेको स्वीकारोक्ति

काठमाडौं । संखुवासभा सामूहिक हत्याकाण्डका आरोपी लोकबहादुर कार्कीलाई प्रहरीले सार्वजनिक गरेको छ । २६ वर्षीय कार्कीलाई प्रहरीले शनिबार नियन्त्रणमा लिएको थियो ।
लोकबहादुरले संखुवासभाको मादी गाउँपालिका–१ खोलागाउँका तेजबहादुर कार्कीसहित उनको परिवारका ६ जनाको विभत्स हत्या गरेको प्रहरीको भनाइ छ ।
प्रहरीका अनुसार लोकबहादुरले हत्या गरेको स्वीकार गरेका छन् । उनले चिर्पटले हानेर ६ जनाकै हतया गरेको स्वीकार गरेका हुन् ।

बालिकालाई बलात्कार गरेको आरोपमा युवक पक्राउ

पाल्पा : पाल्पामा बालिकालाई बलात्कार गरेको आरोपमा एक युवक पक्राउ परेका छन्। रिब्दीकोट गाउँपालिका–६ ठिमुरेका हरि भनिने २५ वर्षीय हर्कबहादुर विकलाई नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय पाल्पाका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक रामेश्वर त्वातीले जानकारी दिए।
तिनाउ गाउँपालिकाकी एक बालिकालाई उनले गत असार १५ मा बलात्कार गरेको आरोप छ। मदिराले पिएका हरिले बालिकालाई बलात्कार गरेको प्रारम्भिक अनुसन्धानमा खुलेको त्वातीले बताए।
ती बालिका आफन्तको घरमा बस्दै आएकी थिइन्। केही दिनअघि ती बालिकालाई पेट दुखेपछि स्वास्थ्य संस्थामा पुगेर परीक्षण गर्दा गर्भवती भएको पाइएको हो। त्यसपछि घटनाबारे थाहा भएको त्वातीले बताए।
आफन्तको डरले ती बालिकाले आफूमाथि बलात्कार …

चाबहिलमा श्रीमानले गर्भवती श्रीमतीको हत्या गरे ।

२८ साउन, काठमाडौं । काठमाडौंको चाबहिलमा एक व्यक्तिले श्रीमतीको हत्या गरेका छन् ।
मकवानपुरको हेटौंडा घर भई काठमाडौंको चाबहिल बस्दै आएका ३९ वर्षका राम श्रेष्ठले २३ वर्षकी श्रीमती रञ्जना तामाङको घाँटी थिचेर हत्या गरेको महानगरीय प्रहरी वृत्त गौशालाले जनाएको छ । रञ्जना ६ महिनाकी गभर्वती थिइन् ।
हत्यापछि उनी आफैंले प्रहरीको हटलाइन १०० नम्बरमा फोन गरेर आफूले श्रीमतीको हत्या गरेको जानकारी दिएका थिए । उनले फोन गरेपछि प्रहरी टोली पुग्दा कोठाभित्र चुकुल लगाएर बसेको अवस्थामा अभियुक्त र ओछ्यानमा रन्जनाको शव भेटिएको थियो ।
श्रीमतीसँग बिवाद हुँदा आफूले घाँटी थिचेर हत्या गरेको भनेर श्रेष्ठले …

सुजिता भण्डारी मृत्यु प्रकरणः आफ्नै दाजुसगको प्रेम सम्वन्धका कारण ज्यान गयो ।

काठमाडौं : चितवनमा बेपत्ता भएको १० दिनपछि मृत भेटिएकी सुजिता भण्डारी प्रकरणमा प्रहरीले मृतककै दाजु नातापर्ने एक जनालाई पक्राउ गरेको छ।
सुजिताको ठूलोबुबाको छोरा दाजु नाता पर्ने सचिन भनिने सुकदेव भण्डारीलाई पक्राउ गरेको चितवन प्रहरीले जनाएको छ। प्रहरीले शुक्रबार पत्रकार सम्मेलन गरी झापाको झापा गाउँपालिका–६ शरणमतिका २३ वर्षीय सुकदेव र सुजिताबीच विवाह गर्नेसम्मको तयारी भएको खुलेको जानकारी दिएको छ।
प्रहरीका अनुसार असार ९ गते सुजिताले विवाह गर्न प्रस्ताव गरेपछि विवाद सृजना भएको थियो। सुजिताले विवाह नगर्ने भए मर्छु भनेको र सचिनले जे गर्छस् गर् भनेको खुलेको छ।
असार ११ गते बेपत्ता सुजिता २० गते …

सुजिता मृत्यु प्रकरण : अझै खुलेन मृत्युको कारण

८ साउन, काठमाडौं । चितवनको राप्ती नगरपालिका–३ की २३ वर्षीया सुजिता भण्डारीको मृत्युको कारण अझै खुल्न सकेको छैन । ब्रम्हस्थानी सामुदायिक वनभित्र शव भेटिएको एक महीना पुगिसक्दा पनि मृत्युको कारण नखुलेको हो ।
जिल्ला प्रहरी कार्यालय, चितवनका अनुसार सामाखुशीस्थित राष्ट्रिय विधि विज्ञान प्रयोगशालामा भएको भिसेर परीक्षणको रिपोर्ट नआउँदा मृत्युको कारण खुल्न ढिलाइ भएको हो ।
स्रोतका अनुसार कोरोना भाइरसका कारण आलोपालोमा काम भइरहेको र जनशक्ति पनि कम रहेकाले रिपोर्ट आउन ढिला भएको प्रयोगशालाले भनेको छ ।
त्रिवि शिक्षण अस्पतालमा भएको पोष्टमार्टममा मृत्युको कारण खुल्न नसकेपछि भिसेरा जाँचका लागि पठाइएको थियो । प्रहरीका अनुसार …

दाङमा भारतिय नम्वरको कार भित्र तीन जना बालकको शव फेला

दाङ । दाङमा तीन जना बालकको शव फेला परेको छ । तुलसीपुर उपमहानगरपालिका ६ स्याउली बजारमा रोकिराखेको पार्किङ गरिराखेको भारतीय नम्बर प्लेट जे ०१६६०८८५ नम्बरको कारभित्र तीन वटा बालकको शव फेला परेको हो।
भारतीय नम्बरकाे निसान कार भित्र तीन बालको शव भेटिएका प्रहरीले जनाएको छ । कार माघ महिना देखि पार्किङमा रखिएको थियो । घट्नाका बिषयमा थप अनुसन्धान भइरहेको इलाका प्रहरी कार्यालय तुल्सीपुरका प्रहरी निरीक्षक झलक शर्माले बताउनुभयाे ।
 
शव हेर्दा३/४ दिन अघिको जस्तो देखिएको उहाँले जानकारी दिनुभयाे । थप अनुसन्धान भईरहेकाे छ । मृतक को हुन् र कसरी उनीहरू पार्किङको गाडीभित्र …

वृद्ध दम्पती हत्या आरोपी सातजना जेल चलान

जनकपुरधाम : महोत्तरीको पिपरा गाउँपालिकामा घरमा सुतिरहेकै ठाउँबाट वृद्ध दम्पतीलाई बेडसहित अपहरण गरेर हत्या गरेको आरोपमा ७ जनालाई जेल चलान गरिएको छ।
गत फागुन १० गते राति घरमा सुतिरहेको अवस्थामा पिपरा गाउँपालिका–५ सोहडवा बस्ने ६५ वर्षीय मुसाफिर झा र ५८ वर्षीया गीतादेवी झा दम्पतीलाई ओछ्यानसहित बेपत्ता पारी हत्या गरेको आरोपमा महोत्तरी जिल्ला अदालतले सात जनालाई आज (शुक्रबार) जेल चलान गरेको हो।
जिल्ला अदालतका श्रेस्तेदार मदनप्रसाद जयसवालका अनुसार हत्या भएका झा दम्पतीका छोरा मनिष झाको जाहेरीले वादी नेपाल सरकार भएको अपहरण, शरीर बन्धक, ज्यानसम्बन्धी कसुर, आपराधिक संयन्त्र, लागुऔषध र चोरी मुद्दामा प्रतिवादीहरु सात …

रोजगारी र आर्थिक प्रलोभनमा परी बेचिनेको संख्या बढ्यो

१८ चैत, काठमाडौं । कोरोना महामारीपछि बेचिने महिला, किशोरी तथा बालबालिकाको संख्या अधिक बढेको महिला तथा बालबालिका बेचबिखनविरुद्ध काम गर्ने संघ–संस्थाहरुले जनाएका छन् ।
कोभिडले सबै क्षेत्र अस्तव्यस्त बनेको छ । महामारी नियन्त्रणका लागि गरिएको लकडाउनले व्यापार-व्यवसाय चौपट बनेर धेरैको रोजगारी गुम्यो । त्यसको सोझो असर श्रम गरिखाने वर्गको दैनिकीमा पर्‍यो ।
दैनिक आयस्रोत बन्द हुँदा पारिवारिक कलह, यौन हिंसा, घरेलु हिंसाजस्ता अपराधको संख्या बढ्दै गएको ती संघ–संस्थाको अध्ययनले देखाएको छ । यस्ता अपराधको परिणाम मानव बेचबिखनमा पनि देखिरहेको छ ।
प्राकृतिक विपत्ति र महामारीबाट जनजीवनमा रोकावट आउँदा मानव बेचबिखनको अपराध बढ्ने यस …

नावालक नातिनी बलात्कार गर्ने हजुरबुबालाई आजीवन कारावासको सजाय

५ चैत, उदयपुर । जिल्ला अदालत उदयपुरले आफ्नै ८ वर्षीया नातिनीलाई बलात्कार गरेको कसुरमा ५६ वर्षीया हजुरबुबालाई आजीवन कारावासको सजाय फैसला गरेको छ ।
बुधबार जिल्ला अदालत उदयपुरका न्यायाधीश माधवप्रसाद सिलवालको इजालासले नातिनी बलात्कारको कसुरमा उनलाई आजीवन कारावाससहित ४० हजार दण्ड जरिवाना गर्ने फैसला गरेको अदालतका स्रेस्तेदार धनबहादुर कार्कीले बताए ।
यस्तै कसुरदार पुरुषले पीडित राहतकोषमा चार हजार जम्मा गर्नुपर्नेसहितको फैसला अदालतले गरेको जिल्ला अदालत उदपुरले बताएको छ ।
गत भदौ ९ गते आफ्नै नातिनीलाई बलात्कार गरेको कसुरमा हजुरबुबाविरुद्ध प्रहरीमा उजुरी परेपछि जिल्ला प्रहरी कार्यालयले ती पुरुषलाई पक्राउ गरेर अनुसन्धान गरी अदालतको आदेशानुसार …

You Missed

हुप्सेकोटमा भएको सिकाई सामाग्री प्रदर्शनी मेलामा ३२ विद्यालय सहभागी
छात्राहरुलाई यौन दुव्र्यवहार गरेको आरोपमा कावासोतीका पुस्तक पसल सञ्चालक पक्राउ(भिडियो सहित)
आन्तरिक जीवनको हुँकार र मौलिक आध्यात्मिक चिन्तन नै माैलिक शक्तिकाे पहिचान हाे ।
प्रेम रावतकाे जिवनी र इतिहास ।
नवलपुरमा ७०.४५ प्रतिशत विद्यार्थी उतिर्ण, ११ विद्यालयको नतिजा शत प्रतिशत, ९ जनाको नतिजा ४ जिपिए
कृषि पेसालाई प्रविधिमैत्री बनाउनुपर्छ – कृषि मन्त्री जिसी
द्धन्द्ध प्रभावित महिला तथा बालिकाहरूका लागि कानूनी साक्षरता कार्यक्रम सम्पन्न ।

Primary Color

Secondary Color

Layout Mode