0 प्रतिक्रिया
जनकपुरधामका सामुदायिक विद्यालयमा एक महिना बिदा
२९ असार, जनकपुरधाम । जनकपुरधाम उपमहानगरपालिका क्षेत्रका सामुदायिक विद्यालयमा बुधबारदेखि एक महिना विदा हुने भएको छ ।
उपमहानगपालिकाको शिक्षा शाखा प्रमुख मेहीलाल यादवले सूचना जारी गर्दै उपमहानगरपालिकाभित्रका सामुदायिक विद्यालयमा बुधबारदेखि साउन २६ गतेसम्म वर्षे बिदा दिइएको जानकारी दिए ।
विद्यालयमा पठनपाठन बन्द हुँदा पनि शिक्षा तथा मानव स्रोत विकास केन्द्र योजना तथा अनुगमन शाखा सानोठिमी भक्तपुरको पत्रअनुसार सबै विद्यालयका प्रधानाध्यापकलाई वर्षे बिदाभरि उपमहानगरपालिकाको सम्पर्कमा रहन भनिएको प्रमुख यादवद्वारा जारी सूचनामा उल्लेख छ ।
-- Sponsored --
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Leave a Reply
विज्ञापनहरु
-- Sponsored --



