अन्योल र असन्तुष्टिबीच कांग्रेस महाधिवेशनमा प्रवेश ।

काठमाडौं, भदौ १८ । हुने कि नहुने भन्ने अन्योल र इतर पक्षको असन्तुष्टिबीच कांग्रेस औपचारिक रुपमा १४ औँ महाधिवेशनमा प्रवेश गरेको छ ।

देशभरका छ हजार सात सय ४३ वडामै अधिवेशन गर्ने भने पनि ४० भन्दा बढी जिल्लामा मात्र वडा अधिवेशन भएको छ । भदौ २७ गतेको तथा नगर अधिवेशन प्रभावित नहुने गरि काम गर्ने कांग्रेसले जनाएको छ ।

भदौ २७ मा गाउँ तथा नगर अधिवेशन रहेकोले त्यस अगाडि नै वडा अधिवेशन सक्नुपर्ने बाध्यता कांग्रेसलाई छ । ५६ जिल्लाको त्रियाशील सदस्यता विवाद टुंगिदा २१ जिल्लाको अधिवेशन कहिले हुन्छ भन्ने प्रश्नको जवाफ कांग्रेससँग छैन ।

इतर पक्षले संस्थापन पक्षलाई निरकुंश र अधिनायकवादी देखेर अविश्वास गर्ने र संस्थापनले इतर पक्षले बखेडामात्र झिकेको बुझाइले कांग्रेस महादिवेशन जेलिएको छ ।

क्रियाशील सदस्यता विवाद समाधान समितिले तयार पारेको सहमतिको प्रतिवेदन कार्यान्वयन हुन सकेको छैन । जसलाई कार्यान्वयन गराउन बनेको कार्यदलले एकान्तबासबाट कार्यसम्पादन गरिरहेपनि प्रतिफल मिलेको छैन ।

पाँच सदस्यीका कार्यदलका केही सदस्य काम स्थगित गरेर वडा अधिवेशनका लागि जिल्ला पुगेका छन् । २१ जिल्लाको निर्वाचनका काम ठप्प छ ।

सैद्धान्तिक सहमति भैसकेको विषयको कार्यन्वयनमा इतर पक्ष निस्किृय भएको संस्थापनको बुझाइ छ । त्रियाशील सदस्यता टुंगो लगाउने प्रक्रिया पारदर्शी हिसाबले गरिएको संस्थापनका दाबी छ ।

सामान्य विवाद भएपनि आफ्नो हिस्सा खोज्ने र मैले गर्दा पार्टीमा सुशासन बस्यो भन्ने जस लिने नेताहरुको होडबाजीले घरझगडा साम्य पार्न कांग्रेसीलाई गाह्रो भएको हो ।

सहमति कार्यान्वयन कार्यदलमा पनि संस्थापनपक्ष हाबी छ । इतरपक्षले नतिजामुखि काम गर्ने भन्दा पनि हाम्रै हिस्सा खुम्चियो भन्ने पिरलोको कारण पनि २१ जिल्लाको अधिवेशनको टुंगो लाग्न नसकेको हो ।

  • सम्बन्धित समाचारहरूः

    • २०८१ माघ २८, सोमबार १९:५०
    • 7 views
    राष्ट्रिय जनमोर्चाले संघीयता खारेजीको माग गर्दै काठमाडौं केन्द्रित आन्दोलन गर्ने

    कावासोती, माघ २९ गते । राष्ट्रिय जनमोर्चाले संघीयता देश र जनताका लागि घातक भएको निष्कर्षसहित संघीयता खारेजीको माग गर्दै काठमाडौं केन्द्रित आन्दोलन गर्ने घोषणा गरेको छ । जनमोर्चा नवलपुरले कावासोतीमा…

    विस्तृत.....

    • २०८१ माघ २३, बुधबार १२:४८
    • 59 views
    पर्यटन, कृषि, उद्याेग र व्यापारकाे उत्सवः समृद्ध नवलपुरका लागि आठौं महाेत्सव भन्ने नारा सहित माघ २५ देखि नवलपुर महोत्सव सुरु ।

    कावासाेतीः माघ २५ गतेदेखि फागुन १० गतेसम्म कावासोती १६ डण्डामा हुने महोत्सवको उद्घाटनमा प्रमुख अतिथिका रुपमा उपस्थित रहनुहुने उद्योग, वाणिज्य तथा आपुर्ति मन्त्री दामोदार भण्डारीको हातबाट महोत्सवको समुद्घाटन  गरिने आयोजक…

    विस्तृत.....

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *