+
+
-- Sponsored Ad --

‘ओली अवैध अध्यक्ष हुन्, ह्वीप लगाउने अधिकार छैन : भीम रावल

1,133 पटक हेरिएको
Clock २०७८ बैशाख २७, सोमबार १२:१९
-- Sponsored --

काठमाडौं : नेकपा एमालेका नेता भीम रावलले प्रधानमन्त्री तथा नेकपा एमालेको अध्यक्ष केपी शर्मा ओेलीलाई अवैध अध्यक्षको संज्ञा दिएका छन्।

आफू पक्षको सांसदहरूसँगको छलफलपछि उनले भने, ‘एमालेको नवौँ अधिवेशनको पदाधिकारी भंग गरेर उहाँ अवैध अध्यक्ष भइसक्नुभयो। उहाँले हामीलाई निर्देशन राख्ने अधिकार राख्नहुन्न। निर्देशन हामीलाई लागू हुँदैन।’

नवौँ महाधिवेशनको रक्षाका लागि ओलीलाई विश्वासको मत नदिने निर्णय गरेको समेत उनले बताए।

 

उनले भने, ‘हिजो माधवकुमार नेपालले पार्टीगत रुपमा विश्वासतको मत दिनुपर्ने हो भने भने एकलौटी निर्णय फिर्ता हुनुपर्छ। प्रधानमन्त्री तथा पार्टी अध्यक्षको तर्फबाट पत्र पठाउनुभएको थियो। तर, उहाँले एकता चाहनुभएको देखिएन।’

ओलीले अहंकारयुक्त पत्रले पार्टी एकताको पक्षमा नरहेको स्पष्ट पारेको सुनाए। ओली राजनीतिक अस्थिरताको पक्षमा लागेको आरोपसमेत लगाए।  

-- Sponsored --
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

खुसी

दुःखी

आक्रोशित

Leave a Reply

Your email address will not be published. Required fields are marked *

विज्ञापनहरु

-- Sponsored --
-- Ad --

सिफारिस

×
🎡 Spin & Win