+
+
-- Sponsored Ad --

“कृषक असुरक्षित हुँदा भान्छा देखि उपभोक्ता सबै असुरक्षित हुन्छन्” : गाउँपालिका महासंघ अध्यक्ष पाण्डे

189 पटक हेरिएको
Clock २०८२ माघ २०, मंगलवार १८:५०
IMG_4912
-- Sponsored --
दीपेन्द्र रेग्मि, माघ २०, कावासोती ।
एउटा कृषक असुरक्षित हुँदा भान्छा देखि उपभोक्ता सम्म सबै असुरक्षित हुने गाउँपालिका महासंघ अध्यक्ष लक्ष्मि देवि पाण्डेले बताउनुभएको छ । नवलपुरको हुप्सेकोट गाउँपालिकामा मंगलबार आयोजित विषादि न्यूनिकरण सम्बन्धि १ दिने सचेतना कार्यक्रमलाई सम्बोधन गर्दै पाण्डेले सो कुरा बताउनुभएको हो । हुप्सेकोट गाउँपालिका अध्यक्ष समेत रहनुभएकि पाण्डेले कृषकहरुले ठूलो जोखिम उठाएर कृषि उत्पादन गर्ने गरेको भन्दै कृषकको जोखिम न्युनिकरण एवं जिवन सुरक्षार्थ सरकारले गर्नै पर्ने कार्य मध्य विषादि न्युनिकरण कार्यक्रम रहेको बताउनुभएको हो ।
कृषि उत्पादनका लागि विषादिलाई विस्थापित गरेर त्यसको विकल्पमा के प्रयोग गर्ने ? भन्ने ज्ञान आर्जनकालागि समेत विज्ञहरुको सल्लाह लिनु आवश्यक रहेको भन्दै, अध्यक्ष पाण्डेले कृषक र विज्ञ विचको भेट गराउने उद्येश्य सहित यो कार्यक्रम आयोजना गरिएको बताउनुभयो । उहाँले नवलपुरमा राम्रा कृषकहरु हुप्सेकोटमा छन् भन्ने परिचय असाध्यै राम्रो रहेको उल्लेख गर्दै अब त्यहाँबाट उत्पादित कृषि उपज सिधै टिपेर खान समेत मिल्छ भन्ने वातावरण बनाउनका लागि सबै कृषकहरु सचेत बन्नुपर्ने बताउनुभयो ।
गाउँपालिकाको कृषि विकास शाखाको आयोजना एवं राष्ट्रिय कृषि आधुनिकिकरण कार्यक्रम र कृषि विकास कार्यालय नवलपरासि पूर्वको समन्वयमा आयोजित कार्यक्रममा राष्ट्रिय कृषि आधुनिकिकरण कार्यक्रमका प्रमुख डा. देवराज अधिकारी, कृषि विकास कार्यालय प्रमुख राजेश्वर सिलवाल र स्वयं कृषक समेत रहनुभएका प्रशिक्षक राजेन्द्र जंग रायमाझिले कृषकहरुलाई विषादि न्युनिकरण सम्बन्धि प्रशिक्षण प्रदान गर्नुभएको थियो । कार्यक्रमको प्रमुख अतिथि समेत रहनुभएका गाउँपालिका उपाध्यक्ष पूर्ण सिं रानाले हुप्सेकोटका कृषकहरुले देशैभरमा उदाहरणीय कार्य गरिरहेको भन्दै सकेसम्म विषादि प्रयोग नगरि कृषि उत्पादनमा जोड दिन कृषकहरुलाई आग्रह गर्नुभयो । त्यस्तै गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृत वेदहरि अधिकारीले हुप्सेकोट कृषिकालागि ऊर्वर भूमि रहेकोले यहाँको उत्पादन देश विदेशमा समेत पुग्ने गरेको उल्लेख गर्दै पछिल्लो समय कृषकहरुमा जागृत भएको चेतना र पालिकाले नियमित रुपमा कृषि उपजको परिक्षण समेत गरिरहेकोले पनि यहाँबाट उत्पादित खाद्य वस्तुहरु स्वास्थ्यका दृष्टिकोणले समेत उपयुक्त रहेको बताउनुभयो । पालिकाको कृषि साखा प्रमुख ऋचा देवकोटाले सहजिकरण गर्नुभएको कार्यक्रममा पालिकाका विभिन्न वडावाट प्रतिनिधि मुलक रुपमा १ सय ३ जना कृषकहरुले प्रशिक्षण लिनुभएको थियो । सचेतना कार्यक्रममा सहभागि सबै कृषकहरुलाई तरकारीमा लाग्ने विभिन्न किरा फट्यांग्रालाई आकर्षित गर्ने क्यू ल्यूर अर्थात मोहनि पासो र फेरोमिन ट्रयाप समेत वितरण गरिएको पालिकाका नायव प्राविधिक सहायक शुसिल अधिकारीले जानकारी दिनुभयो ।
-- Sponsored --
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

खुसी

दुःखी

आक्रोशित

Leave a Reply

Your email address will not be published. Required fields are marked *

विज्ञापनहरु

-- Sponsored --
-- Ad --

सिफारिस

×
🎡 Spin & Win