+
+
-- Sponsored Ad --

गण्डकी प्रदेशभर आजबाट ‘गण्डकी टेलि नर्सिङ’ कार्यक्रम शुरु

950 पटक हेरिएको
Clock २०७८ जेष्ठ २७, बिहीबार २०:३२
Nurse talking on the phone

Nurse talking on the phone

-- Sponsored --

जेठ २७, कास्की,

गण्डकी प्रदेशमा आजबाट ‘गण्डकी टेलि नर्सिङ’ कार्यक्रम शुरु भएको छ । कोरोना संक्रमण पुष्टि भई होम आइसोलेसनमा बसेका व्यक्तिलाई स्वास्थ्य परामर्श दिँदै संक्रमितहरुको मनोबल बढाउने तथा उपचारमा सहजीकरण गर्ने उद्देश्यले स्वास्थ्य निर्देशनालय गण्डकीले ‘गण्डकी टेलि नर्सिङ’ कार्यक्रम शुरू गरेको प्रदेश स्वास्थ्य निर्देशक डा. विनोद विन्दु शर्माले जानकारी दिनुभयो ।

पोखरा नर्सिङ क्याम्पसका बीएस्सी र एमएस्सीका नर्सिङ विद्यार्थी, सिनियर नर्स, प्राध्यापक लगायतका १२६ जनाको सहयोगमा आजदेखि दैनिक रूपमा होम आइसोलेसनमा रहेका संक्रमितको स्वास्थ्य अवस्था बुझ्ने उहाँले बताउनुभयो ।

संक्रमितलाई पहिलो पटक फोन गरेको दुई दिनपछि दोस्रो पटक र सातौ दिनमा तेस्रो पटक गरी सातामा तीन पटक फोन गरेर स्वास्थ्य अवस्था बुझ्ने र सोही अनुरूप फलो अप हुने डा. शर्माको भनाई छ ।

फोन गर्दा कसैको स्वास्थ्य अवस्था जटिल भएको पाइएमा नर्सले एम्बुलेन्स कहाँ उपलब्ध छ र कुन कुन अस्पतालमा बेड खाली छ भनेर बिरामी र आफन्तलाई तत्काल जानकारी गराई अस्पताल ल्याउन सहजीकरण गर्ने डा. शर्माले बताउनुभयो ।

कार्यक्रम लागू भएसँगै स्वास्थ्य सम्बन्धी सामान्य ज्ञान नपाएका कारण, पूर्व ज्ञान नभएका कारण समयमै अस्पताल आउन नपाएर अथवा मनोबल गुमेर संक्रमितको ज्यान जाने अवस्थाको अन्त्य हुने निर्देशक डा. शर्माले दावी गर्नुभयो ।

स्वास्थ्य निर्देशनालय गण्डकीले यस अघि बाटै हटलाइन नम्बर १०९२ मार्फत एक जना कन्सल्टेन्ट डाक्टर र पाँच जना मेडिकल अफिसरको सहयोगमा कोरोना संक्रमित र अन्य बिरामीलाई स्वास्थ्य परामर्श दिँदै आएको छ ।

-- Sponsored --
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

खुसी

दुःखी

आक्रोशित

Leave a Reply

Your email address will not be published. Required fields are marked *

विज्ञापनहरु

-- Sponsored --
-- Ad --

सिफारिस

×
🎡 Spin & Win