+
+
-- Sponsored Ad --

बाढीपीडितको उद्धार गर्न अखिल र युवा सङ्घ टोली परिचालन

981 पटक हेरिएको
Clock २०७८ असार २, बुधबार १३:५५
melamchi-badhi
-- Sponsored --

 अनेरास्ववियू र राष्ट्रिय युवा सङ्घले सिन्धुपाञ्चोकको मेलम्ची तथा हेलम्बु क्षेत्रका बाढीपीडितलाई उद्धार र राहत सामग्री वितरणका लागि टोली परिचालन गरेको छ । अखिल र युवा सङ्घले उक्त क्षेत्रका बाढीपीडितलाई उद्धार र राहत सामग्री वितरण गर्नका लागि छुट्टाछुट्टै टोली परिचालन गरेको हो । मङ्गलबार राति अविरल वर्षाका कारण मेलम्ची र हेलम्बु बजार डुबान हुँदा सर्वसाधारण विस्थापित भएका छन् ।

अखिलका अध्यक्ष ऐन महरको संयोजकमा १५ सदस्यीय टोली पहिरामा परेकालाई उद्धार र खाद्य सामग्री लिएर आज त्यसतर्फ जाँदैछ । उहाँका अनुसार स्वास्थ्य चिकित्सकको टोलीसहित २५० बोरा चामल, तेल, त्रिपाल बाढीपीडितलाई वितरण गर्नेछ । अखिलले जिल्ला मातहतका कमिटीलाई पनि उद्धार कार्यमा लाग्न मङ्गलबारदेखि नै परिचालन गरेको छ ।

यस्तै युवा सङ्घका अध्यक्ष किरण पौडेलले उद्धार कार्यका लागि त्रिपाल, टेन्ट र खाद्यसामग्रीसहितको टोली गए रातिदेखि नै परिचालन गरिएको बताउनुभयो । उहाँले त्यहाँको अवस्था हेरेर काठमाडौँबाट खाद्यसामग्री र औषधिसहित सङ्घका पदाधिकारी जाने जानकारी दिनुभयो ।

-- Sponsored --
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

खुसी

दुःखी

आक्रोशित

Leave a Reply

Your email address will not be published. Required fields are marked *

विज्ञापनहरु

-- Sponsored --
-- Ad --

सिफारिस

×
🎡 Spin & Win