भदौ ३, एजेन्सी : लद्दाखमा भएको सवारी दुर्घटनामा परी ९ जना भारतीय सैनिकको मृत्यु भएको छ । शनिबार लद्दाखको लेहमा सेनाको सवारी सडकबाट चिप्लेर खाल्डोमा खसेको थियो । दुर्घटनामा सेनाको मृत्युप्रति भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले दुःख व्यक्त गरेका छन् ।