+
+
-- Sponsored Ad --

काठमाण्डौं लगायत देशभर भारी वर्षा, विभिन्न स्थानमा बाढी र पहिरो

616 पटक हेरिएको
Clock २०७८ असार २४, बिहीबार ०८:४९
-- Sponsored --

काठमाडौं । आज देशभर मनसुनी वायुको प्रभाव रहेको छ । सामान्यदेखि पूर्ण बदली भएर काठमाडौ उपत्यकालगायत देशका विभिन्न भागमा रातिदेखि लगातार वर्षा भइरहेको छ ।

प्रदेश १, २ बागमती, गण्डकी र लुम्बिनी प्रदेशका धेरै स्थान र सुदूरपश्चिम तथा कर्णाली प्रदेशका केही स्थानमा ठूलो वर्षा हुने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

लगातारको वर्षाका कारण आएको पहिरोले नारायणगढ मुग्लिन सडकखण्ड र भीमदत्त राजमार्ग अवरुद्ध भएको छ । पहिरोका कारण सयौं यात्रु बाटोकै अलपत्र परेका छन् । उक्त स्थानमा पहिरो पन्छाएर बाटो खुलाउने कार्य भइरहेको प्रहरीले जनाएको छ ।

प्रदेश १, २ बागमती, गण्डकी र लुम्बिनी प्रदेशका धेरै स्थान र सुदूरपश्चिम तथा कर्णाली प्रदेशको पहाडी भूभागमा भूक्षय, पहिरो तथा गेग्रान बहावको जोखिम रहेको महाशाखाको अनुमान छ ।

साथै नदीनाला तथा खहरे खोलाहरुमा पानीको सतह बढ्न सक्ने तथा दैनिक जीवन/यातायात क्षेत्र प्रभावित हुन सक्ने भएकोले आवश्यक सतर्कता अपनाउनु हुन पनि महाशाखाको सबैमा अनुरोध छ ।

यसैविच नवलपुरको कावासोती नगरपालीका भित्रका अधिकांस वडाहरु डुवानमा परेका छन । बाढीका कारण कावासोतीको मध्यभागमा रहेको पुर्वपस्चिम राजमार्ग पनि अवरुद्ध बनेको छ ।

विस्तृत भिडियोमा

https://youtu.be/tSwwz0Ui_po

-- Sponsored --
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

खुसी

दुःखी

आक्रोशित

Leave a Reply

Your email address will not be published. Required fields are marked *

विज्ञापनहरु

-- Sponsored --
-- Ad --
×
🎡 Spin & Win