+
+
-- Sponsored Ad --

नेपालमा कोरोना खोपको क्लिनिकल ट्रायलका लागि सरकारकाे अनुमति

358 पटक हेरिएको
Clock २०७८ भाद्र १६, बुधबार २१:४६
-- Sponsored --

१६ भदौ, काठमाडौं । सरकारले नेपालमा दक्षिण कोरियाली कोरोना खोपको क्लिनिकल ट्रायलका लागि अनुमति दिने निर्णय गरेको छ । मन्त्रिपरिषद्को बुधबार बसेको बैठकले खोपको क्लिनिकल ट्रायलका लागि अनुमति दिने निर्णय गरेको कानून, न्याय तथा संसदीय मामिलामन्त्री  ज्ञानेन्द्रबहादुर कार्कीले जानकारी दिए ।

यो कोरियाली कम्पनी एसके बायोसाइन्सले बेलायतको औषधि कम्पनी जीएसकेसँग मिलेर विकास गरेको खोप हो । यो खोपको तेस्रो चरणको ट्रायल चलिरहेको छ, जसमा एस्ट्राजेनेकाको खोपसँग यसको तुलनात्मक अध्ययन हुनेछ ।

नेपालमा पनि चार हजार जनामा यो खोपको ट्रायल हुनेछ । बाँकेस्थित नेपालगञ्ज मेडिकल कलेज र धुलिखेल अस्पतालमा ट्रायल गरिने अनुसन्धान परिषद्की अनुसन्धान अधिकृत नमिता घिमिरेले अनलाइनखबरलाई जानकारी दिइन् । आवश्यक डकुमेन्टसहित प्राविधिक तयारी गर्दा सेप्टेम्बर दोस्रो सातादेखि खोप ट्रायल कार्यक्रम अघि बढ्न सक्ने उनले बताइन् ।
-- Sponsored --
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

खुसी

दुःखी

आक्रोशित

Leave a Reply

Your email address will not be published. Required fields are marked *

विज्ञापनहरु

-- Sponsored --
-- Ad --

सिफारिस

×
🎡 Spin & Win