
१६ भदौ, काठमाडौं । सरकारले नेपालमा दक्षिण कोरियाली कोरोना खोपको क्लिनिकल ट्रायलका लागि अनुमति दिने निर्णय गरेको छ । मन्त्रिपरिषद्को बुधबार बसेको बैठकले खोपको क्लिनिकल ट्रायलका लागि अनुमति दिने निर्णय गरेको कानून, न्याय तथा संसदीय मामिलामन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले जानकारी दिए ।
यो कोरियाली कम्पनी एसके बायोसाइन्सले बेलायतको औषधि कम्पनी जीएसकेसँग मिलेर विकास गरेको खोप हो । यो खोपको तेस्रो चरणको ट्रायल चलिरहेको छ, जसमा एस्ट्राजेनेकाको खोपसँग यसको तुलनात्मक अध्ययन हुनेछ ।