+
+
-- Sponsored Ad --

पछिल्लो २४ घण्टामा २ हजार १०१ जनाको पीसीआर परीक्षणमा ८९ जनामा कोरोना सङ्क्रमण पुष्टि

634 पटक हेरिएको
Clock २०७७ चैत्र १५, आईतवार ११:५८
-- Sponsored --

काठमाण्डाै – पछिल्लो २४ घण्टामा नेपालमा थप ८९ जनामा कोरोना भाइरसकाे सङ्क्रमण पुष्टि भएको छ ।

२१ सय एक जनाको पीसीआर परीक्षण गर्दा ८९ जनामा कोरोना पुष्टि भएको र अहिलेसम्म कोरोना पोजेटिभ हुनेको सङ्ख्या दुई लाख ७६ हजार आठ सय ३९ पुगेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।

यस्तै थप ९५ जना निको भएसँगै सङ्क्रमणमुक्त हुनेको सङ्ख्या दुई लाख ७२ हजार पाँच सय ३० पुगेको छ । नेपालमा अहिले १२ सय ८२ जना सक्रिय सङ्क्रमित रहेका छन् ।

पछिल्लो २४ घण्टामा काेराेना सङ्क्रमणका कारण कसैको पनि ज्यान गएको छ । नेपालमा काेराेना सङ्क्रमणका कारण अहिलेसम्म तीन हजार २७ जनाकाे ज्यान गएकाे छ ।    

 

अन्तिम अपडेट: चैत १५, २०७७

-- Sponsored --
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

खुसी

दुःखी

आक्रोशित

Leave a Reply

Your email address will not be published. Required fields are marked *

विज्ञापनहरु

-- Sponsored --
-- Ad --

सिफारिस

×
🎡 Spin & Win