+
+
-- Sponsored Ad --

प्रचण्डको दुखेसो : माओवादीलाई जिरो हुने गरी बदनाम गरियो

288 पटक हेरिएको
Clock २०७८ चैत्र ३, बिहीबार १८:५७
-- Sponsored --

३ चैत, काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आफू र आफ्नो पार्टीलाई बदनाम गरिएको भन्दै गुनासो गरेका छन् ।

बिहीबार बुटवलमा पार्टीको लुम्बिनी प्रदेशका नेता तथा कार्यकर्तालाई प्रशिक्षण दिँदै प्रचण्डले माओवादीलाई बदनाम गर्न मिडिया पनि लागेको दाबी गरे ।
‘माओवादी पार्टीलाई पटक– पटक जिरो जिरो हुने गरी बदनाम गरिएको छ,’ उनको दुखेसो छ,‘भएका र नभएका कुरा गरेर मिडियामा प्रचण्ड फेल भनेर भन्छन् । के तिनले माया गरेर फेल भनेका हुन् त ?’

आफूलाई बदनाम गर्नुका साथै भौतिकरुपमा आक्रमण गर्ने प्रयास अहिले पनि जारी रहेको उनको दाबी छ । ‘नेतृत्वको बदनाम गर्ने, आवश्यक पर्यो भने भौतिक रुपमा आक्रमण गर्ने रणनीति अहिले पनि कायम छ,’ प्रचण्डको भनाइ छ।

युद्धमा जस्तै अहिले पनि घेरा तोडेर अगाडि बढ्न उनले कार्यकर्तालाई निर्देशन दिएका छन् । ‘अहिले हामी एक्ला–एक्लै भयौं,’ प्रचण्डको भनाइ छ, ‘म एक्लै, तपाईहरु पनि एक्लै । जनयुद्धमा हामी एक जुट थियौं । हाम्रो अब पहिलेकै रणनीति घेरा तोड्ने र अगाडि बढ्नेतिर हुनुपर्छ ।’

प्रचण्डले असान्न चुनावतर्फ लक्षित गर्दै आफ्नै खुट्टामा उभिनुपर्नेमा जोड समेत दिएको एक सहभागीले बताएका छन् । ‘हामी कांग्रेससँग सहकार्य गर्न जाने होइन, कांग्रेस हामीसँग सहकार्य गर्न आउनुपर्छ,’ उनको भनाइ छ, ‘हामी गठबन्धनभन्दा आफ्नै खुट्टामा उभिनुपर्छ । आफैंमा निर्भर भयौं भने मात्रै हामी जित्छौं ।’

-- Sponsored --
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

खुसी

दुःखी

आक्रोशित

Leave a Reply

Your email address will not be published. Required fields are marked *

विज्ञापनहरु

-- Sponsored --
-- Ad --

सिफारिस

×
🎡 Spin & Win