मंसिर ११, कावासोती ।
हुप्सेकोटमा छोराको कुटपिटबाट बुबाको मृत्यु भएको छ । नवलपुरको हुप्सेकोट गाउँपालिका–१, जुगेपानीमा छोराको कुटपिटबाट ६० वर्षीय राम बहादुर विकको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय नवलपरासी पूर्व नवलपुरका प्रहरी नायव उपरीक्षक मधु नेपालले बताउनुभयो । तीस वर्षीय छोरा सन्त कुमार विकले घरायसी विवादको कारण झगडा हुँदा गएराति बुबालाई कुटपिट गरेका थिए । कुटपिटबाट गम्भिर घाइते बुबाको उपचारको क्रममा राति मध्यविन्दु प्रादेशिक अस्पताल डण्डामा ज्यान गएको प्रहरी नायव उपरीक्ष नेपालले बताउनुभयो । बुबालाई कुटपिट गर्ने छोरा सन्त कुमार बिक प्रहरी नियन्त्रणमा रहेको उहाँले बताउनुभयो । मृतकका छिमिकेलि मदिरा सेवन गरेर आएको छोराले अटो भाडा नदिएको निउँमा बुबा आमासँग झगडा गरेको बताएका छन् ।

हेर्नुहोस् पुरा भिडियो