+
+
-- Sponsored Ad --

केपी ओलीलाई गगन थापाको जवाफ- रन्थनिएको बेला जसरी बोले पनि हुन्छ

478 पटक हेरिएको
Clock २०७९ जेष्ठ १४, शनिबार ११:५९
-- Sponsored --

१४ जेठ, काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले सरकारको नीति तथा कार्यक्रममाथि केपी शर्मा ओलीले संसदको रोष्ट्रममा उभिएर गन्थन प्रस्तुत गरेको टिप्पणी गरेका छन् ।

शनिबार प्रतिनिधिसभाको बैठकमा बोल्दै उनले महामन्त्री थापाले केपी ओली अहिले रन्थनिएको भन्दै यस्तो बेलामा जसरी बोले पनि त्यसको जवाफ दिइरहन नपर्ने बताए । ‘नीति तथा कार्यक्रममाथिको छलफलमा प्रारम्भमै घण्टौंको गन्थन प्रस्तुत भैसकेपछि केही साथीहरूले भन्नुभयो, गन्थनमा व्यक्त भएको प्रत्येक कुराको उत्तर दिनुपर्छ । मैले साथीहरूलाई भनें, प्रश्नको उत्तर हुन्छ । विचारमा टिप्पणी हुन्छ । प्रतिक्रियामा सहमति/असहमति व्यक्त हुन सक्छ । तर, कुण्ठामा त्यस्तो केही पनि हुँदैन,’ उनले भने ।

उनले थपे, ‘कुण्ठामा केवल सहानुभूति हुन्छ । त्यसैले यो बेलामा साथीहरूले भन्नुभयो घण्टौं बसेर बोल्ने ? भैले भनें, यतिखेर रन्थनिएको बेलामा बसेर, उठेर, सुतेर जसरी बोल्न दिए पनि हुन्छ । पलेटी कसेर बोले पनि हुन्छ । एक खुट्टामा टेकेर बोले पनि हुन्छ । अहिले हामीले सुनिदिनुपर्छ,’ थापाले भने ।

कहाँ बोल्ने ? कहिले बोल्ने ? भन्ने विषयमा स्वमं बोल्नेले हेक्का राख्नुपर्न विषय भएको महामन्त्री थापाले बताए ।

-- Sponsored --
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

खुसी

दुःखी

आक्रोशित

Leave a Reply

Your email address will not be published. Required fields are marked *

विज्ञापनहरु

-- Sponsored --
-- Ad --

सिफारिस

×
🎡 Spin & Win