+
+
-- Sponsored Ad --

तारा एयरको विमान दुर्घटना छानविन गर्न पाँच सदस्यीय छानविन समिति गठन

461 पटक हेरिएको
Clock २०७९ जेष्ठ १६, सोमबार १७:१६
-- Sponsored --

काठमाडौं । सरकारले आइतबार भएको तारा एयरको विमान दुर्घटनाको कारण पत्ता लगाउन पाँच सदस्यीय छानविन समिति गठन गरेको छ ।

संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले वरिष्ठ एरोनटिकल इन्जिनियर रतिशचन्द्रलाल सुमन अध्यक्ष तथा दुर्घटना जाँच इन्चार्ज रहने गरी समिति गठन गरेको हो ।

समिति सदस्यमा क्याप्टेन दिपु ज्वार्चन, वरिष्ठ मेन्टिनेन्स इन्जिनियर उपेन्द्रलाल श्रेष्ठ, वरिष्ठ मौसमविद मणिरत्न शाक्य र मन्त्रालयका प्राविधिक सहसचिव वुद्धिसागर लामिछाने छन् ।

समितिलाई दुर्घटनाको कारण पत्ता लगाई भविष्यमा यस्ता घटना दोहोरिन नदिने उपाय सिफारिस गर्ने कार्यादेश रहेको मन्त्रालयका सहसचिव होमप्रसाद लुइँटेलले जानकारी दिनुभयो ।

-- Sponsored --
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

खुसी

दुःखी

आक्रोशित

Leave a Reply

Your email address will not be published. Required fields are marked *

विज्ञापनहरु

-- Sponsored --
-- Ad --
×
🎡 Spin & Win