+
+
-- Sponsored Ad --

बजेटपछि पहिलो पटक बढ्यो सेयर बजार, ६०.२२ अंकको वृद्धि

351 पटक हेरिएको
Clock २०७९ जेष्ठ २५, बुधबार १५:५९
-- Sponsored --

२५ जेठ, काठमाडौं । सेयर बजारमा देखिएका समस्या अध्ययन गरी मौद्रिक नीतिबाट सम्बोधन गर्ने तयारीसहित अर्थ मन्त्रालयले समिति गठन गरेको सूचनापछि बुधबार लगानीकर्ता उत्साहित देखिएका छन् ।

अर्थमन्त्री जनार्दन शर्माले धितोपत्र बोर्डको वार्षिकोत्सव समारोहमा समिति गठन गरी समस्याको अध्ययन हुने जानकारी गराएका थिए । आगामी बजेट सार्वजनिक भएको दिनपछि निरन्तर घटेको सेयर बजार बुधबार भने दोहोरो अंकले वृद्धि भयो । बधुबार ६०.२२ अंकले बढेको बजार २०८०.४४ बिन्दुमा पुगेर रोकिएको छ ।

बुधबार कुल २३१ कम्पनीको ३० हजार ६८४ वटा कारोबारबाट ५० लाख ५ हजार ८१४ कित्ता सेयर किनबेच भएको छ । यस दिन कारोबार रकम भने १ अर्ब ६४ करोड ३ लाख ५६ हजार ६०८ रुपैयाँ रहेको छ । बुधबार सबै उपसमूहको सेयर मूल्य बढेको छ । सामुदायिक लघुवित्त वित्तीय संस्था र उपकार लघुवित्त वित्तीय संस्थाको मूल्यमा भने सकारात्मक सर्किट लागेको छ । यी दुई कम्पनीको मूल्य क्रमशः १५७३ र २३३८.६० रुपैयाँ पुग्यो ।

यस दिन बलेफी हाइड्रो, कालिका लघुवित्त, तेह्रथुम पावर, उन्नती सहकार्य लघुवित्तको मूल्य समेत सकारात्मक सर्किट लेबलमा पुगेर कारोबार भएको छ । माउन्टेन हाइड्रो, आरबीबी म्यूचअल फण्ड, नबिल ब्यालेन्स फण्डसहितका कम्पनीका कमपनीको सेयर मूल्य बढी घट्यो । यस दिन अरुण भ्याली हाइड्रोपावरको सबैभन्दा बढी कारोबार भएको छ ।

-- Sponsored --
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

खुसी

दुःखी

आक्रोशित

Leave a Reply

Your email address will not be published. Required fields are marked *

विज्ञापनहरु

-- Sponsored --
-- Ad --

सिफारिस

×
🎡 Spin & Win