+
+
-- Sponsored Ad --

समयमै मल नआउनुमा पूर्ववर्ती सरकार पनि दोषी छ : सांसद विश्वकर्मा

378 पटक हेरिएको
Clock २०७९ जेष्ठ ३०, सोमबार १६:२५
-- Sponsored --

३० जेठ, काठमाडौं । नेपाली कांग्रेसका सांसद मिनबहादुर विश्वकर्माले समयमै मल नआउनुमा वर्तमान सरकार मात्रै नभएर पूर्ववर्ती सरकार पनि दोषी रहेको बताएका छन् ।

प्रमुख प्रतिपक्षी नेकपा एमालेले संसदमा दर्ता गरेको रासायनिक मल अभावसम्बन्धी अत्यन्त जरुरी सार्वजनिक महत्वको प्रस्तावमाथिको छलफलमा सहभागी हुँदै उनले यस्तो दाबी गरेका हुन् ।

मल ल्याउने कृषि सामग्री कम्पनीका माथिल्ला कर्मचारीलाई अख्तियारले कारबाही गरेपछि अहिलेका कर्मचारीले काम गर्न नसकेको भन्दै उनले सरकारको बचाउ गरेका हुन् ।

‘अख्तियारले मल ल्याउने कर्मचारी समाउनु भनेको पहिलेको सरकारको पालामा यहाँ समस्या थियो भन्ने हो नि,’ सांसद विश्वकर्माले भने,‘ मल नआइपुग्नु दुःखद् कुरा हो, मल चाहिन्छ, तर यसमा वर्तमान सरकार मात्रै दोषी छैन ।’

-- Sponsored --
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

खुसी

दुःखी

आक्रोशित

Leave a Reply

Your email address will not be published. Required fields are marked *

विज्ञापनहरु

-- Sponsored --
-- Ad --

सिफारिस

×
🎡 Spin & Win