तेजेन्द्र शाही, एन सन्चार, दैलेख: दैलेख जिल्लाको चामुण्डा बिन्द्रासैनि नगरपालिकाले खरिद गरेकाे दोस्रो एम्बुलेन्स महिनौ बितिसक्दा पनि सन्चालनमा आउन सकेकाे छैन ।

ल्याएर प्रहरी चौकी जम्बुकाँधमा राखिएपनी  एम्बुलेन्स सेवा नपाउँदा सास्ती भाेग्नुपरेकाे स्थानियकाे गुनासाे छ ।  नगरपालिकाले स्वास्थ्य जस्तो संवेदनशील कुरामा समेत ख्याल नराखी लापरबाही गरेकाे र उपलव्ध श्राेत साधनलाइ समेत उचित प्रयाेगमा समेत कन्जुस्याइ गरेकाे कारण आफूहरुले समस्या भाेग्नु परेकाे स्थानीय राम शाहीले बताय ।

नगरपालिकाले आफ्नो पुरानो एम्बुलेन्स बिग्रिएको ११ महिना पछि जनता हरुलाई छिटो छरितो सेवा दिनको लागि यसै नगरपालिकाको मातहतमा रहेको लयाँटी  बिन्द्रासैनि स्वास्थ्य चौकीमा को नाम नेपाल सरकार द्वारा राजस्व छुट  सहित गत मंसिर २९ गते  नगरपालिकाका प्राविधिक प्रमुख कुमार ख्याम सुन्दर शाहीको टोलीले नया एम्वुलेन्स खरिद गरि ल्याएकाे थियाे ।

एम्बुलेन्स नगरपालिका भित्रिए सँगै सामाजिक सञ्जालमा नगरपालिकाको एम्बुलेन्स  लाइ लिएर विभिन्न खाले प्रश्नहरू उठिरहेका छन ।  नगरपालिकामा खरिद भै अाइसकेर पनि किन सन्चालनमा अाउन सकेकाे छैन भन्ने एन सन्चारकाे प्रश्नमा नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत भक्त बहादुर मल्लले भने  “हामिले त्यो एम्बुलेन्सको संचालन अनुमतिको लागि पठाएका छौँ र सन्चालन अनुमति आइपुगेको छैन। त्यस करणले रोकिएको हो।  र हामि प्रयासमा छौ।”  मन्त्रालयले संचालन अनुमति दिएपछी मात्रै काम अगाडी बढ्ने मल्लले बताए ।