0 प्रतिक्रिया
अझै खुलेन अर्जुन चौपारी रापाकोट घन्टे ग्रामीण सडक
कुमार सुनुवार : गण्डकी प्रदेश स्याङ्जा जिल्ला अन्तर गत पर्ने हेलु अर्जुन चौपारी रापाकोट घन्टे पर्बत जोड्ने ग्रामीण सडक अन्तरगत रापाकोट सिसिन्डाडा स्थित मावोवादी घुम्तिमा गएको भीषण पैरोको कारण अवरोध सडक आज चाैथाे दिन पनि सम्म पनि संचालन हुन सकेको छैन।
यो सडक खण्डको सबै भन्दा जोखिम युक्त यो मोड सडक संचालन भए देखि हरेक बर्षायाम यसरी नै सडक बन्द हुने गरेको छ ।
यहि मोडको लागि हरेक बर्ष ठुलो रकम छुटिए पनि सहि कार्यान्वयन नभएको चर्को जनगुनासो छ ।
यो सडक खण्डको ट्र्याक खोल्ने क्रममा सिरिन्डाडा बासिहरुले गाउको बिच बाट बाटो र जग्गा नदिए पछि बाध्य भएर यो मोड खनिएको थियो । हाल यहि मोडले बर्सेनि दुख दिने तथा करोडौं बजेट समेत स्वाह हुने गरेको छ तर समस्या भने जहाको त्यहा जस्ताको त्यस्तै रहेकाे स्थानिय रामवहादुर परियारले वताय ।
हाल मात्र झरेको भीषण पहिरो पछि हालै नव निर्वाचित गाउ पालिका प्रमुख प्रकाश तिवारी र उपाध्यक्ष सपना गुरुङ सहितको प्राबिधिक टोलि आएर पहिरो निरक्षण गरि स्थाइ रुपमा यसको समाधान गर्ने प्रयास गरे पनि बर्षा यामभएको कारण काम सुरुवात गर्न अफ्ट्यारो भएको छ ।
नया ट्र्याक खोल्ने काममा ढिला सुस्ति हुदा यातायात पुर्णरुप ठप्प छ भने बिरामि तथा असक्तहरुलाइ आवतजावतमा एकदमै कठिनाइ भएको छ भने दैनिक उपभोग गर्ने सामान ढुवानीमा समेत प्रत्यक्ष असर परेको स्थानियकाे गुनासाे छ ।



