यो वर्षको एसईई आगामी चैत ७ गतेदेखि, यस्तो छ समय तालिका

कावासोती । राष्ट्रिय परीक्षा बोर्ड परीक्षा नियन्त्रण कार्यालय कक्षा १० ले शैक्षिक सत्र २०८१ को माध्यमिक शिक्षा परीक्षा (एसईई) को समयतालिका सार्वजनिक गरेको छ ।

सार्वजनिक तालिका अनुसार एसईई चैत ७ गतेदेखि हुने भएको छ । परीक्षा बिहान ८ बजेदेखि ११ बजेसम्म चल्ने छ ।

पहिलो दिन अनिवार्य अङ्ग्रेजी, संस्कृतः वेदविद्याश्रमतर्फ– अनिवार्य संस्कृत रचना, अनिवार्य अङ्ग्रेजी मदरसातर्फ – अनिवार्य अरेबिक भाषा अनिवार्य अङ्ग्रेजी अनिवार्य संस्कृत भाषा र साहित्य (वेदविद्याश्रम तर्फ) अनिवार्य नेपालीको परीक्षा हुनेछ ।

परीक्षा चैत १९ गते मङ्गलवार सकिनेछ । परीक्षाको नतिजा भने २०८२ असार ६ गतेभित्र प्रकाशित गरिने कार्यतालिकामा उल्लेख छ ।

परीक्षार्थीले रजिस्ट्रेसन/परीक्षा आवेदन फाराम भर्दा फाराममा उल्लेख गरेको जन्ममिति र नाम थरको हिज्जे यस कार्यालयबाट उपलब्ध गराइएको कन्ट्रोल लिस्टसँग रुजु गरी फरक परेमा फरक परेको विवरण संशोधन गर्नुपर्ने अवस्थामा सम्बन्धित विद्यालयले संशोधन गर्नुपर्ने विवरण २०८२ साल वैशाख मसान्त भित्रमा अनिवार्य रूपमा सम्बन्धित शिक्षा विकास तथा समन्वय इकाइमार्फत वा सिधै यस कार्यालयमा आइपुग्ने गरी पठाउनुहुन अनुरोध गरिएको छ ।

यो वर्षको एसईई आगामी चैत ७ गतेदेखि, यस्तो छ समय तालिका 3

सम्बन्धित समाचारहरूः

  • २०८१ माघ २६, शनिबार १५:३८
  • 26 views
खानेपानी मन्त्रालय आगलागी प्रकरणः ५० लाख बराबरको क्षति ।

काठमाडौं, माघ २६ गते । खानेपानी मन्त्रालयमा आज बिहान आगलागी हुँदा करिब ५० लाख बराबरको क्षति भएको छ । खानेपानीमन्त्री प्रदीप यादवको कार्यकक्षमा भएको आगलागीमा दुई वटा टेलिभिजन, एउटा डेस्कटप,…

विस्तृत.....

  • २०८१ माघ २५, शुक्रबार ०८:२१
  • 79 views
कावासोती खानेपानीका अध्यक्षको मेयरलाई सुझावः व्यवहार र स्वभाव बदल्नुस्

रमेश बस्ताकोटी, नवलपुर:  कावासोतीमा रहेको कावासोती खानेपानी तथा सरसफाई उपभोक्ता सस्थाका अध्यक्ष दिपकराज लम्सालले कावासोती नगरपालिका का मेयर बिष्णु प्रसाद भुषाललाई आफ्नो व्यवहार र स्वभाव परिवर्तन गर्न सुझाव दिएका छन्…

विस्तृत.....

Leave a Reply

Your email address will not be published. Required fields are marked *