+
+
-- Sponsored Ad --

मुलुक समृद्ध बनाउने अभियानमा छौं : प्रधानमन्त्री देउवा

247 पटक हेरिएको
Clock २०७९ असार १६, बिहीबार १२:३२
-- Sponsored --

१६ असार, काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले मुलुकलाई समृद्ध बनाउने अभियानमा रहेको बताएका छन् । यो अभियान सफल बनाउनु सबैको दायित्व रहेको पनि उनले बताएका छन् ।

६४ औं संसद दिवसको अवसरमा आज संसद भवनको ल्होत्से हलमा आयोजित समारोहलाई सम्बोधन गर्दै प्रधानमन्त्री देउवाले भने, ‘अहिले हामी संघीय लोकतान्त्रिक गणतान्त्रिक संसदीय व्यवस्था मार्फत मुलुकलाई समृद्ध बनाउने अभियानमा छौं । मुलुकलाई विकासशील बनाउने हामी सबैको दायित्व हो ।’

२०१६ साल असार १६ गते पहिलो संसद बैठक बसेको र अहिले ६४ औं दिवस मनाउन पाउनु खुसीको विषय भएको उनले बताए । उनले जननिर्वाचित शासन व्यवस्थामा संसदीय व्यवस्था महत्वपूर्ण भएको बताए ।
 
-- Sponsored --
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

खुसी

दुःखी

आक्रोशित

Leave a Reply

Your email address will not be published. Required fields are marked *

विज्ञापनहरु

-- Sponsored --
-- Ad --

सिफारिस

×
🎡 Spin & Win