+
+
-- Sponsored Ad --

अत्याधिक बढ्याे राहदानी लिनेकाे संख्याः असार १५ सम्म ४ लाख १६ हजार इ–पासपोर्ट प्रिन्ट

296 पटक हेरिएको
Clock २०७९ असार १९, आईतवार १७:१९
-- Sponsored --

काठमाडौं । विगत ३ महिनायता राहदानी लिनेहरूको संख्या उल्लेख्य वृद्धि भएको छ ।

आइतबार मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै परराष्ट्र मन्त्रालयकी प्रवक्ता सेवा लम्सालले ३ महिनायता राहदानी लिनेको संख्यामा उल्लेख्य वृद्धि भएको बताउनुभयो ।

लम्सालले सबै जिल्ला प्रशासन कार्यालय र १७ वटा इलाका प्रशासन कार्यालयबाट राहदानी लिनका लागि नियमित रूपमा राहदानी आवेदन भर्ने व्यवस्था मिलाइएको पनि जानकारी गराउनुभयो ।

त्यसैगरी राहदानी लिनका लागि सहज बनाउन राहदानी विभागले अनलाइन सेवालाई पनि चुस्त राख्ने काम गरिरहेको उहाँले बताउनुभयो ।

राहदानी विभागबाट असार १५ गतेसम्म ४ लाख १६ हजार २३५ थान विद्युतीय राहदानी प्रिन्ट गरिएको छ ।

-- Sponsored --
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

खुसी

दुःखी

आक्रोशित

Leave a Reply

Your email address will not be published. Required fields are marked *

विज्ञापनहरु

-- Sponsored --
-- Ad --

सिफारिस

×
🎡 Spin & Win