+
+
-- Sponsored Ad --

कोशीको नाम दुरुपयोग गर्ने चिकित्सकलाई कारबाही गर्न मेसुको पत्र

345 पटक हेरिएको
Clock २०७९ असार २०, सोमबार १०:५९
-- Sponsored --

२० असार, विराटनगर । कोशी अस्पताल विराटनगरले अस्पतालकाे नाम दुरुपयाेग गर्ने चिकित्सक र स्वास्थ्यकर्मीलाई कारबाही गर्न प्रशासनलाई पत्र काटेको छ ।

कोशी अस्प्तालका चिकित्सकले अस्पतालको नाम बोर्डमा राखेर अस्पताल बाहिर क्लिनिक सञ्चालन गरेपछि अस्पतालले कारवाही गर्न प्रशासनलाई पत्र काटेको हो ।

निजी क्लिक सञ्चालन गरेका कारण चिकित्सकहरू अस्पताल ढिलो आउने र चाडै जाने गरेको गुनासो  आएपछि अस्पतालका निमित्त मेडिकल सुप्रिटेन्डेन्ट डा. यज्ञराज खरेलले जिल्ला प्रशासन कार्यालय मोरङमा अनुसन्धान गरी कारवाहीका लागि पत्र पठाएका हुन् ।

असार १९ गते मेसुले प्रशासनलाई लेखेको पत्रमा लेखिएको छ ‘कोशी अस्पतालको नाम बोर्डमा अनधिकृत रूपमा राखी बाहिर निजी क्लिनिक सञ्चालन गरिरहेका चिकित्सक तथा स्वास्थ्यकर्मीलाई आवश्यक कारवाही हुनका लागि अनुरोध छ ।’

 
-- Sponsored --
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

खुसी

दुःखी

आक्रोशित

Leave a Reply

Your email address will not be published. Required fields are marked *

विज्ञापनहरु

-- Sponsored --
-- Ad --

सिफारिस

×
🎡 Spin & Win