0 प्रतिक्रिया
संयुक्त राष्ट्रसंघको कार्यालय अगाडि शरणार्थीको प्रदर्शन
२० असार, काठमाडौं । शहरमा बसोबास गरिरहेका शरणार्थीहरुले सोमबार पनि विभिन्न माग राखेर प्रदर्शन गरेका छन् ।
उनीहरुले ललितपुरको पुल्चोकस्थित संयुक्त राष्ट्रसंघ (यूएन)को कार्यालय अगाडि ब्यानरसहित प्रदर्शनमा उत्रिएका हुन् ।
प्रदर्शनका क्रममा उनीहरुले यूएनसँग आफूहरुको समस्यालाई सुनिदिएर समाधानको उपाय खोजी दिनसमेत आग्रह गरेका छन् ।
आफूहरुलाई अमेरिका वा अमेरिका जस्तै ठाउँमा व्यवस्थापन गर्ने समेत शरणार्थीहरुले माग गरेका छन् ।
उनीहरुले आफूहरुको परिवारलाई वैधानिक रुपमा काम गर्ने वातारण मिलाइ दिन, महिनामा खानाको व्यवस्था गर्न र औषधि उपचारमा सुरक्षासहित ११ बुँदे माग राखेर एक हप्तादेखि प्रदर्शन गर्दै आएका छन् ।
-- Sponsored --
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Leave a Reply
विज्ञापनहरु
-- Sponsored --



