२६ असार, काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले परिवर्तनकारी वाम-लोकतान्त्रिक शक्तिहरू एक हुन जरुरी रहेको बताएका छन् ।
बकर ईदको अवसरमा मुस्लिम धर्मावलम्बीहरूलाई शुभकामना दिंदै उनले जनयुद्ध र जनआन्दोलनका उपलब्धिको रक्षा गर्दै वैज्ञानिक समाजवादको यात्रा तय गर्न वाम-लोकतान्त्रिक शक्तिहरू केन्द्रीकृत हुनपर्ने बताएका हुन् ।
साथै, उनले भाइचारा र पारिवारिक मिलनको रुपमा मनाइने इस्लाम धर्मावलम्बीहरुको यस पर्वले धार्मिक सहिष्णुता, सामाजिक सद्भाव र आपसी मित्रतालाई प्रगाढ बनाई राष्ट्र निर्माण र राष्ट्रिय एकता सुदृढ गर्ने विश्वास लिएको बताएका छन् ।

