+
+
-- Sponsored Ad --

सांसदले उठाएका विषयको उचित जवाफ दिन सरकारलाई सभामुखको रुलिङ

272 पटक हेरिएको
Clock २०७९ असार २७, सोमबार १३:५०
-- Sponsored --

काठमाडौं । प्रतिनिधि सभाका सभामुख अग्निप्रसाद सापकोटाले सांसदहरूले शून्य समय र विशेष समयमा उठाएको विषयमा उचित जवाफ दिन सरकारलाई रुलिङ गर्नुभएको छ ।

शून्य र विशेष समयमा उठाएका सवालमा सरकारले चासो नदिएको भन्दै पटकपटक सांसदहरूले आपत्ति जनाएका थिए । आज (सोमबार) को बैठकमा पनि शून्य समयमा सांसदहरूले मुलुकको समसामयिक, राजनीतिक विषयका अलावा, पाठ्यपुस्तक र रासायनिक मल, विपदका विषयमा सरकारको ध्यानाकर्षण गराएका थिए ।

सभामुख सापकोटाले सम्बन्धित मन्त्रीलाई सांसदले उठाएको जिज्ञासाको उचित जवाफ दिन सरकारलाई रुलिङ गर्नुभएको हो ।

-- Sponsored --
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

खुसी

दुःखी

आक्रोशित

Leave a Reply

Your email address will not be published. Required fields are marked *

विज्ञापनहरु

-- Sponsored --
-- Ad --

सिफारिस

×
🎡 Spin & Win