+
+
-- Sponsored Ad --

बुटवल उपमहानगर देशकै पहिलो कोभिडविरुद्धको पूर्ण खोप सुनिश्चित घोषणा

282 पटक हेरिएको
Clock २०७९ असार २७, सोमबार १६:४७
-- Sponsored --

बुटवल । रुपन्देहीको बुटवल उपमहानगरपालिका नेपालकै पहिलो कोभिडविरुद्धको पूर्ण खोप सुनिश्चित घोषणा गरिएको छ ।

सोमबार बुटवलमा एक कार्यक्रमको आयोजना गर्दै महानगरलाई १२ वर्ष माथिका उमेर समूहको कोभिड–१९ विरुद्धको पूर्ण खोप सुनिश्चितता उपमहानगर गरिएको हो । घोषणा उपमहानगर प्रमुख खेलराज पाण्डेले गर्नुभयो ।

हालसम्म बुटवल उपमहानगरबाट पूर्ण खोपका लागि नागरिकहरूलाई खोप लगाउन आव्हान र खोप केन्द्रमार्फत खोप सेवा प्रदान गरिएको नगरप्रमुख पाण्डेले जानकारी दिनुभयो ।

तथ्याङ्क संकलकहरूलाई अभिमुखिकरण गरि खोप नलगाउने तथा छुट नागरिकहरूको तथ्याङ्क संकलन, जनचेतना मुलक कार्यक्रम सञ्चालन तथा प्रचारप्रसार, छुट नागरिकहरूलाई खोप सेवा प्रदान, वडाबाट सर्वेक्षण, सबै वडाहरूको पूर्ण खोप घोषणा गरी दिगोपना सुनिश्चित गरिएको उपमहानगरका सूचना अधिकारी मित्रमणी खनालले बताउनुभयो ।

नगरमा रहेका १ लाख ९५ हजार ५६५ मध्ये १२ वर्षमाथिका १ लाख ५७ हजार ३९३ जनालाई पूर्ण खोप लगाइएको हो । खोजेर ९ हजार ८६५ जनालाई र नगर बाहिरका २२ हजार ६६३ जनालाई समेत खोप लगाइएको कार्यक्रममा जानकारी गराइएको थियो ।

-- Sponsored --
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

खुसी

दुःखी

आक्रोशित

Leave a Reply

Your email address will not be published. Required fields are marked *

विज्ञापनहरु

-- Sponsored --
-- Ad --

सिफारिस

×
🎡 Spin & Win