गैडाकोटमा सामान्य ज्योतिष सम्वन्धी भर्चुअल कक्षा शुरु ।

हरि सुवेदी ,गैडाकोट।। प्राज्ञिक विद्यार्थी परिषद्, नेपाल गैंडाकोट नगर इकाईको आयोजनामा नेपाल संस्कृत विश्वविद्यालयका उपप्राध्यापक श्याम खनालबाट साधारण ज्योतिष सम्बन्धि दश दिने प्रशिक्षण कार्यक्रमको कक्षा जेष्ठ १० गते सोमबार देखि जेष्ठ १९ गतेसम्म दिउँसो २ः३० देखि ३ः३० सम्म गुगलको जुम मिट मार्फत शुरू भएको छ। प्राज्ञिक विद्यार्थी परिषद्का कार्यकर्ताहरूलाई लक्षित गरि सो कार्यक्रम आयोजना गरिएको हो।
कार्यक्रममा ग्रह, नक्षत्र, तिथि, राशि, योग, करण सम्बन्धि ज्ञानका साथै पात्रो हेर्ने, इष्टकाल निकाल्ने, स्थानीय सूर्योदय निकाल्ने, बालकको नाम निकाल्ने, लग्न निकाल्ने, स्पष्ट ग्रह निकाल्ने, लग्न कुण्डली र राशि कुण्डली साधना गर्ने, भुक्तोनविंशोत्तरी एवं भुक्तोन योगिनी दशा साधना गर्नृेर जन्मकुण्डली बनाउन सिकाईने लगाएतका सामान्य ज्योतिषिय ज्ञानका कक्षाहरु सञ्चालन हुने प्राज्ञिक विद्यार्थी परिषद्, नेपाल गैंडाकोट नगर सचिव अनुप भण्डारीले जानकारी दिए।