२९ असार, काठमाडौं । सरकारले ल्याएको नागरिकता ऐन २०२२ को संशोधन विधेयक प्रतिनिधिसभामा पेश भएको छ ।
नेकपा एमालेका सांसदहरु भीमबहादुर रावल र शेरबहादुर तामाङ तथा नेपाल मजदुर किसान पार्टीका सांसद प्रेम सुवालले दिएको विरोधको सूचना प्रतिनिधिसभाले बहुमतले अस्वीकृत गरेपछि गृहमन्त्री बालकृष्ण खाँणले नागरिकता ऐन संशोधन विधेयक प्रतिनिधिसभामा पेश गरेका हुन् ।
एमालेकै अर्का सांसद तामाङले लैंगिक पहिचानसहित आमा वा बाबुको नामबाट नागरिकता प्राप्त गर्ने मर्मविपरीत विधेयक आएको बताए ।
तीनै जना सांसदको विरोधको सूचना अस्वीकृत भएपछि गृहमन्त्री खाँणले विधेयक पेश गरेपछि प्रतिनिधिसभामा नागरिकतासम्बन्धी विधेयक अघि बढेको छ ।

