नारायणगढ – बुटवल सडक विस्तारको काम नरोकिने

ज्ञानु पंगेनी,कावासोती , २० वैशाख||
देशकै गौरबको आयोजनाका रुपमा अघि बढाईएको नारायणगढ – बुटवल चार लेन सडक विस्तारको कामलाई पूर्वी नवलपरासीमा निरन्तरता दिईने भएको छ ।
दोश्रो लहरको कोभिड – १९ को संक्रमणले आयोजनाको काम प्रभावित हुने हो कि ? भन्ने आम नागरिकमा चिन्ता बढेको छ । सडक विस्तारका कारण अहिले दैनिक जनजीवन प्रभावित बनेको छ । सडक विस्तारका क्रममा बजार क्षेत्रमा धूलोले हैरान खेप्न बाध्य छन् भने , गैंडाकोट क्षेत्रमा बनेका डाइभर्सनका कारण आवतजावतमा निकै समस्या भएको छ । पानी हाल्दा हिलो हुने र नहाल्दा धूलोका कारण स्वास्थ्यमा असर पार्नुका साथै दुर्घटनाको जोखिम बढाएको छ । अर्कोतर्फ आवतजावतमा समय समेत बढि लाग्दा समयमै गन्तव्यमा पुग्न नसकेको यात्रुको गुनासो छ ।
कोभिड – १९ का कारण गत वर्ष समेत प्रभावित बनेको आयोजनाको काम अहिले पनि प्रभावित बनेर काममा ढिलाई हुने हो की ? भन्ने चिन्ता आम नागरिकले गरेका छन् । निर्धारित समयमा नै काम सम्पन्न भए सबैका लागि सहज हुने भएकाले स्वास्थ्य मापदण्ड पुरा गरेर भए पनि कामलाई निरन्ता दिएमा राम्रो हुने नागरिक स्तरबाट कुरा आईरहदा आयोजनाले समेत काम नरोक्ने जनाएको छ ।
 
सुचना अधिकारी आचार्यका अनुसार अहिले आयोजनामा ३ सय जना कामदार कार्यरत छन् । उनीहरुलाई कम्पनीले नै छुट्टै बस्ने व्यवस्था गरेर स्वास्थ्य मापदण्ड पुरा गर्दै काममा लगाउने आचार्यको भनाई छ । ‘हामिले कम्पनीका प्रतिनिधिसंग कुरा गरेका छौँ , कामदारलाई समुदायमा नै पठाउँदा जोखिम हुन सक्छ ,तसर्थ कम्पनीले छुट्टै बस्ने व्यवस्था गर्छु भनेको छ । यसपाली काम रोकिन्न निश्चित संख्यालाई फरक फरक ठाउँमा खटाएर , स्वास्थ्यका सबै मापदण्ड पुरा गरेर काम गर्छौ । ’ आचार्यले भन्नुभयो ।
 
अहिले पूर्वी नवलपरासीमा निषेधाज्ञा छैन् । यदि प्रशाशनले निषेधाज्ञा जारी गरेपनि आयोजनाको काम नरोकिने आचार्यले जानकारी दिनुभयो । ‘गौरबको आयोजना हो । जसरी पनि समयभित्रै काम सक्न सरकारले निर्देशन दिईसकेको छ । तसर्थ काम नरोक्ने निर्णय भएको छ । ’
सडक विस्तार अन्तरगत पूर्वी नवलपरासीमा अहिले माटो पुर्ने , ठूला पुल , कल्भर्ड , नाला निर्माण र रुख कटान गर्ने काम भईरहेको छ । गैंडाकोट क्षेत्रमा ७ वटा डाइभर्सन निर्माण गरेर ठूला पुल निर्माण भईरहेको छ । अहिलेसम्म विस्तारको काम करीब ६ प्रतिशत मात्रै सम्पन्न भएको सुचना अधिकारी आचार्यले बताउनुभयो । उहाँका अनुसार रुख कटान गर्ने कार्य करीब अन्तिम चरणमा पुगेको छ । ७० प्रतिशत रुख कटानको काम सकिएको उहाँले बताउनुभयो । सडकदेखि दक्षिणतर्फ पर्ने मध्यवर्ती क्षेत्रको ४ हजार रुख कटानको काम सकिएको उहाँले बताउनुभयो । उत्तरतर्फको रुख कटानको काम बिनयी त्रिवेणीको दुम्कीवास र दाउन्ने क्षेत्रमा मात्रै बाँकी रहेको उहाँले जानकारी दिनुभयो । सडक बिस्तारका क्रममा यहाँ ४६ हजार २ सय ९४ हजार रुख कटान हुँदैछ ।
 
नारायणगढ – बुटवल सडक आयोजनाको ठेक्का चाइना स्टेट कन्सट्रक्सन इन्जिनियरिङ कर्पोरेसनले लिएको छ । अहिले दुई लेन रहेको नारायणगढ बुटवल सडक खण्डलाई चार लेनको बनाउन लागिएको छ । दुई – दुई लेनको बिचमा ‘ग्रीनरी’ सहितको सडक निर्माण हुने छ । तीन मिटरको बिच भागमा बिरुवा लगाईनेछ । हाल रहेको दुई लेनको सडक विस्तारपछी दुईतर्फ ७ ÷७ मिटरको हुनेछ । बजार क्षेत्रमा ‘सर्भिस लेन’ समेत निर्माण गरिने छ । सार्वजनिक सवारीले यात्रु चढाउन र ओराल्न सर्भिस लेन बनाईने छ । दाउन्ने क्षेत्रमा भने तीन लेनको सडक निर्माण गरिने छ । उकालो तर्फ चढने सवारीले प्रयोग गर्ने गरि दुई लेन र ओरालोमा उत्रिने सवारीले एक लेन प्रयोग गर्ने गरि तीन लेनको सडक निर्माण गरिने छ ।
  • सम्बन्धित समाचारहरूः

    • २०८१ माघ २, बुधबार १९:१०
    • 7 views
    दलित जागरण अभियानको केन्द्रीय सभारण सभा नवलपुरमा हुने

    नवलपुर, माघ २ गते । दलित जागरण अभियान नेपालको दशौं केन्द्रीय साधारण सभा नवलपुरमा हुने भएको छ । नवलपुरको देवचुलीस्थित बरचुली माविको प्राङ्गढमा माघ १८ गते दशौं साधारण सभा तथा बृहत…

    विस्तृत.....

    • २०८१ माघ २, बुधबार १९:०८
    • 7 views
    जिल्ला प्रहरी कार्यालय सेरोफेरोमै श्रृङ्खलावद्द चोरीका घटना, के भन्छ प्रहरी प्रशासन ?

    कावासोती ।  जिल्ला सदरमुकाम कावासोतीमा चोरीका घटना बढ्न थालेपछि नवलपुर उघोग बाणिज्य संघले प्रहरीको ध्यानाकर्षण गराएको छ । नवलपुर उद्योग बाणिज्य संघका अध्यक्ष बैकुण्ठ प्रसाद अर्याल नेतृत्वको टोलीले जिल्ला प्रहरी…

    विस्तृत.....

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *