+
+
-- Sponsored Ad --

कस्तो रहनेछ आजको मौसम ?

691 पटक हेरिएको
Clock २०७८ माघ २९, शनिबार ०८:३२
-- Sponsored --

एन सञ्चार, २९ माघ ।।

हाल देशमा पश्चिमी वायुको सामान्य प्रभाव रहेको छ । देशको पहाडी भूभागमा आंशिक देखि सामान्य बदली रहेको छ भने बाँकी भू-भाग सामान्यतया सफा रहेको छ।

शनिबार देशभर आंशिक बदली देखि मौसम सामान्यतया सफा रहनेछ। यता आइतबार पनि देशभर आंशिक बदली देखि मौसम सामान्यतया सफा रहने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

आजदेखि ३ दिनसम्म मौसम सफा रहने  जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। महाशाखाका अनुसार शनिबारदेखि कम्तिमा मंगलबारसम्म कतै पनि वर्षा र हिमपातको सम्भावना देखिएको छैन।

महाशाखाका अनुसार नेपालमा पश्चिमी वायुको सामान्य प्रभाव भने जारी छ। यतिबेला मुलुकका केही पहाडी भेगमा आंशिक बदली छ भने तराईका थोरै स्थानमा हुस्सु र कुहिरो लागिरहेको छ।

अहिलेसम्मको अनुमानका आधारमा करिब एक हप्तायता पानी पार्ने तथा हिमपात गराउने कुनै मौसम प्रणाली विकास हुने सम्भावना नदेखिएको मौसमविद् वरुण पौडेलले जानकारी दिए। 

देशमा कतै छिटपुट पानी परिहाल्यो भने बेग्लै कुरा हो नभए एक सातासम्म उल्लेखनीय वर्षा र हिमपात गराउने मौसम प्रणाली विकासको सम्भावना नभएको मौसमविद् पौडेलले भने।

सोमबारसम्मको मौसम अनुमान
माघ २९ गते शनिबार
दिउँसो : देशभर आंशिक बदलीदेखि मौसम सामान्यतया सफा रहनेछ।
राति : देशभर आंशिक बदलीदेखि मौसम सामान्यतया सफा रहनेछ।

फागुन १ गते आइतबार
दिउँसो : देशभर आंशिक बदलीदेखि मौसम सामान्यतया सफा रहनेछ।
राति : देशभर आंशिक बदलीदेखि मौसम सामान्यतया सफा रहनेछ।

फागुन २ गते सोमबार
दिउँसो : देशभर आंशिक बदलीदेखि मौसम सामान्यतया सफा रहनेछ।
राति : प्रदेश नं १, बागमती प्रदेशको पहाडी भूभागका आंशिक बदली रही बाँकी भूभागमा मौसम सामान्यतया सफा रहनेछ।

-- Sponsored --
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

खुसी

दुःखी

आक्रोशित

Leave a Reply

Your email address will not be published. Required fields are marked *

विज्ञापनहरु

-- Sponsored --
-- Ad --

सिफारिस

×
🎡 Spin & Win