+
+
-- Sponsored Ad --

नेपालमा पेट्रोलियम खानीको प्रचुर सम्भावना

252 पटक हेरिएको
Clock २०७९ असार ३१, शुक्रबार १३:२९
-- Sponsored --

काठमाडौं । नेपालमा पेट्रोलियम खानीको प्रचुर सम्भावना रहेकाे छ ।

पेट्रोलियम पदार्थमा परनिर्भर रहनुपरेको नेपालमा १० वटा खानी रहेका छन् । सन् २०१९ देखि चीन सरकारको आर्थिक तथा प्राविधिक सहयोगमा दैलेखमा पेट्रोलियम पदार्थको विस्तृत अन्वेषण कार्य अघि बढाइएको छ ।

तर कुनैपनि ठाउँमा सरकारले गहन अनुसन्धान र अध्ययन गर्न नसक्दा सञ्चालन र सदुपयोग हुन सकेका छैनन् । सरकारले सञ्चालनको लागि चासो र उत्सुकता नदेखाउँदा आफ्नै देशमा भएको पेट्रोल खेर गइरहेको छ । मोरङको बेलबारी नगरपालीका वडा नम्बर ८ बाहुनीमा रहेको खानीको अवस्था पनि त्यस्तै रहेकाे छ ।

सरकारले चासो नदिंदा पेट्रोल खानी जीर्ण बन्दै गएको छ । अन्वेषण गर्न बनेका भवन भग्नावशेष भइसकेको छ भने अन्वेषण गर्न ल्याएको कच्चा पदार्थहरू नष्ट भएका छन् । सरकारले बेलाबेला आएर हेर्ने बाहेक अन्य काम गर्न नसकेको स्थानीय कुलबहादर भण्डारी बताउनुहुन्छ । उहाँले सरकारले पूर्ण चासो दिएर काम गर्ने हो भने पेट्रोलका लागि अहिलेको अवस्थाको सामना गर्नु नपर्ने बताउनुभयो ।

वि.सं. २०४५ सालमा सरकारको सहयोगमा निजी विदेशी कम्पनीले मोरङको बाहुनीमा पेट्रोल खानीको अन्वेषण गरेपनि सरकारले उक्त कार्यलाई निरन्तरता दिन नसकेको गुनासो अर्का स्थानीय यामप्रसाद तिम्सिनाले गर्नुभयो ।

सरकारको बेवास्थाका कारण हाल उक्त स्थान जंगलमा परिणत भएको छ । सरकारको मुख्य समस्या पेट्रोलियम पदार्थको खानी स्वदेशमा नै रहेपनि आफूसँग भएका खानी सञ्चालन गर्न सकेको छैन् ।

-- Sponsored --
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

खुसी

दुःखी

आक्रोशित

Leave a Reply

Your email address will not be published. Required fields are marked *

विज्ञापनहरु

-- Sponsored --
-- Ad --

सिफारिस

×
🎡 Spin & Win