+
+
-- Sponsored Ad --

राष्ट्र बैंकले हटायो कोरोना कालमा दिएको वित्तीय सहुलियत

402 पटक हेरिएको
Clock २०७९ श्रावण १८, बुधबार १६:२२
-- Sponsored --

काठमाडौं । नेपाल राष्ट्र बैंकले कोरोना कालमा दिएका वित्तीय सहुलियत हटाएको जनाएको छ ।

बुधबार निर्देशिका जारी गरी केन्द्रिय बैकले चालु आर्थिक वर्ष २०७९/०८० को मौद्रिक नीतिको कार्यान्वयन गर्न बैंक तथा वित्तीय संस्थालाई जारी गरेको एकीकृत निर्देशन २०७८ लाई संशोधन गर्दै सहुलियत हटाएको जनाएको हो ।

यसअघि केन्द्रिय बैकले कोभिड–१९ बाट अति प्रभावित क्षेत्रमा प्रवाहित कर्जालाई १ वर्ष, मध्यम प्रभावित क्षेत्रमा प्रवाहित कर्जालाई ९ महिना र न्यून प्रभावित क्षेत्रमा प्रभावित कर्जालाई ६ महिनासम्म ग्रेस अवधि थप गर्न सकिने प्रावधान राखेको थियो । यस प्रावधानमा स्वीकृत प्राप्त पर्यटकीय स्तरको होटलको हकमा अधिकतम २ वर्षको ग्रेस अवधि थप्न सकिने प्रावधानसमेत अब हटाएको जनाएको छ ।

कोभिड–१९ बाट अति प्रभावित र मध्यम प्रभावित व्यवसायमा प्रवाह भएको कर्जामा ऋणीको अनुरोधमा एक पटकका लागि दिइएको सुविधासमेत हटाएको छ । नेपाल राष्ट्र बैंकले कोभिड १९ बाट प्रभावित विभिन्न पेशामा संलग्न पेशागत व्यवसायीलाई प्रदान गरिने कर्जाको प्रावधानसमेत यसै निर्देशनबाट हटाएको जनाएको छ ।

-- Sponsored --
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

खुसी

दुःखी

आक्रोशित

Leave a Reply

Your email address will not be published. Required fields are marked *

विज्ञापनहरु

-- Sponsored --
-- Ad --

सिफारिस

×
🎡 Spin & Win