गाडी ठोक्किँदा दुईको मृत्यु, तीन जना घाइते

मोरङ — पथरीशनिश्चरे नगरपालिका–२ जयचोकमा बुधबार राति भएको सवारी दुर्घटनामा दुई जनाको मृत्यु भएको छ । तीन जना घाइते छन् । 

झापाको झापा गाउँपालिका–५ का ५३ वर्षीय लक्ष्मीप्रसाद पौडेल र मोरङको रंगेली नगरपालिका–३ रन्जनीकी ७६ वर्षीया विष्णुमाया शिवकोटीको मृत्यु भएको हो ।

झापाको बिर्तामोड नगरपालिका–२ चारपानेका ३३ वर्षीय विकास उप्रेती, झापा गाउँपालिका–२ की ४५ वर्षीया विनीता पौडेल र झापा हल्दीबारी गाउँपालिका–५ का २५ वर्षीय रोशन उप्रेती घाइते छन् । उनीहरूको विराटनगरस्थित गोल्डेन अस्पतालमा उपचार भइरहेको जिल्ला प्रहरी मोरङका प्रवक्ता डीएसपी मानबहादुर राईले बताए । रोशन र विनीताको अवस्था गम्भीर रहेको उनले बताए ।

झापाबाट कानेपोखरी आउँदै गरेको मे१च १८५१ नम्बरको स्कारपिओलाई विपरीत दिशाबाट आएको गाडीले ठक्कर दिँदा दुर्घटना भएको राईले बताए । उनले ठक्कर दिने गाडी भागेकाले पहिचान हुन नसकेको तर खोजी कार्य भइरहेको जानकारी दिए । उनका अनुसार घटनास्थलमा ना२ख ९४७३ नम्बरको प्लेट बरामद भएको छ । स्करपियो विकासले चलाइरहेका थिए ।

राईले घाइतेहरूलाई उद्धृत गर्दै जनाएअनुसार उनीहरू कानेपोखरी गाउँपालिका–२ मा रहेका बिरामी आफन्त भेट्न आउने क्रममा दुर्घटनामा परेका हुन् ।
  • सम्बन्धित समाचारहरूः

    • २०८१ माघ २, बुधबार १९:१२
    • 8 views
    रविलाई ६० लाख धरौटीमा छाड्न काठमाडौँ जिल्ला अदालतको आदेश

    कावासाेती । काठमाडौँ जिल्ला अदालतले स्वर्णलक्ष्मी सहकारी ठगी मुद्दामा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति एवं पूर्वगृहमन्त्री रवि लामिछानेलाई धरौटीमा रिहा गर्न आदेश गरेको छ। रविलाई ६० लाख धरौटीमा छाड्न…

    विस्तृत.....

    • २०८१ पुष २८, आईतवार २१:५६
    • 19 views
    फौजदारी कानुनका आधा दर्जन व्यवस्था संशोधनका लागि गृहकार्य

    २८ पुस, काठमाडौं । महान्यायाधिवक्ता कार्यालयले फौजदारी कानुन सुधारका लागि करिव आधार दर्जन कानुन संशोधन हुनुपर्ने औंल्याएको छ । हालका कतिपय कानुनी व्यवस्थाले गर्दा अनुसन्धान र अभियोजन प्रभावकारी हुन नसकेको…

    विस्तृत.....

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *