+
+
-- Sponsored Ad --

निलम्बित प्रधानन्यायाधीश जबराको दोस्रो दिनको बयान सुरु

390 पटक हेरिएको
Clock २०७९ भाद्र १६, बिहीबार १२:२०
-- Sponsored --

१६ भदौ, काठमाडौं । महाअभियोग लागेपछि प्रधानन्यायाधीश पदबाट निलम्बनमा परेका चोलेन्द्र शम्शेर जबराको दोस्रो दिनको बयान सुरु भएको छ ।

महाअभियोग सिफारिस समितिको बैठकमा जबराको बयान सुरु भएको हो । समितिले बुधबार पनि उनीसँग बयान लिएको थियो ।

बुधबार उनले आफूमाथि लागेका आरोपको जवाफ दिने क्रममा अन्य न्यायाधीश र राजनीतिक दलका नेताहरुमाथि पनि विभिन्न आक्षेप लगाएका थिए ।

बुधबार उनीमाथिका ४३ प्रश्नहरुमध्ये चार वटाको जवाफ दिएका थिए । बाँकी प्रश्नको जवाफ आज दिने छन् । समितिका जेष्ठ सदस्य राम बहादुर विस्टका अनुसार हिजो ४ प्रश्नको वरिपरि बयान लिइएको थियो । बाँकी आज सोधिनेछ ।
-- Sponsored --
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

खुसी

दुःखी

आक्रोशित

Leave a Reply

Your email address will not be published. Required fields are marked *

विज्ञापनहरु

-- Sponsored --
-- Ad --

सिफारिस

×
🎡 Spin & Win