
१६ भदौ, काठमाडौं । महाअभियोग लागेपछि प्रधानन्यायाधीश पदबाट निलम्बनमा परेका चोलेन्द्र शम्शेर जबराको दोस्रो दिनको बयान सुरु भएको छ ।
महाअभियोग सिफारिस समितिको बैठकमा जबराको बयान सुरु भएको हो । समितिले बुधबार पनि उनीसँग बयान लिएको थियो ।
बुधबार उनले आफूमाथि लागेका आरोपको जवाफ दिने क्रममा अन्य न्यायाधीश र राजनीतिक दलका नेताहरुमाथि पनि विभिन्न आक्षेप लगाएका थिए ।