
खोरेत रोग के हो ? कसरी सर्छ ?
खोरेत रोग सम्पुण खुरफाटा(खुट्टाका खुरहरु छुट्टियका) पशुहरु जस्तै गाई ,भैंसी, बाख्रा, बगुर आदि पसुहरुमा लाग्ने रोग हो । यो रोग बर्षातको समयमा बढि मात्रामा पसुहरुमा देखिन्छ । यो रोग पसुहरुको लागी घातक रोग सावित हुन सक्छ । यसलाई आर्थिक रुपले अत्यन्तै महत्वपुर्ण रोग मानीन्छ ।
रोग सर्ने तरिका,
हाबाको माध्यम,रोगी पसुको सम्पर्क ,रोगि पसुले प्रयोग गरेको दाना पानी दिने भाडा आदिबाट यो रोग एक पसुवाट अर्काे पसुमा सर्दछ ।
लक्षणहरु
उपादन घटने , रोगी पसुलाइ उच्च डिग्रिमा (१०५ देखी १०७ं डिग्रि फरेनहाइट) ज्वरो आउने, गिजा, जिब्रो, थुतुनोमा पानी फोक्का जस्ता घाउ देखीने र उक्त फोका फुटि घाउ बन्ने , घुर कल्चौडो र थुनमा फोका देखिने , खुर कुहिने, खोच्याउने , गर्ब तुहिने र थुनेलो पनि हुन सक्छ
नियन्त्रण तथा रोकथाम,
रोगी पसुलाई अन्य पसुहरुको सम्पर्कबाट अलग्गै राख्ने ,रोगी पसुलाई चरन मेला हाट बजार आदिमा नलाने , गोठको सरसफाई गर्ने , अनावश्यक मानिसलाई गोठमा आउन नदिने , पशु क्वारेन्टाइनको व्यवस्था गर्ने , समयमै यो रोग विरुद्धको खोप लगाउने, वैशाखको पहिलो हप्ता र आस्विनको अन्तिम हप्ता गरि बर्षमा दुई पटक खोरेत विरुद्धको खोप लगाउने लगाउने,
पशु प्राबिधिकः बालकृष्ण न्यौपाने
सम्पर्कः 9869425717