+
+
-- Sponsored Ad --

आज पोखरा र बुटवलमा संयुक्त रूपमा सत्ता गठबन्धनकाे चुनावी सभा हुदै

331 पटक हेरिएको
Clock २०७९ कार्तिक ४, शुक्रबार ११:०१
-- Sponsored --

काठमाडौं । निर्वाचन आयोगले तोकेको प्रचारप्रसारको अवधि भन्दा पहिल्यै सत्ता गठबन्धनले चुनाव प्रचारलाई तिव्रता दिन थालेको छ ।

सत्तारुढ गठबन्धनले कार्यकर्ता प्रशिक्षण अभियानका नाममा चुनावी कार्यक्रमहरु सञ्चालन गरिरहेको हो । यसै सिलसिलामा सत्ता गठबन्धनका शीर्ष नेताहरु आज शुक्रबार पोखरामा आयोजना हुने चुनावी कार्यक्रममा सहभागी हुने भएका छन् ।

प्रधानमन्त्री तथा नेपाली कांग्रेस सभापति शेरबहादुर देउवा, नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले पोखरामा बिहान ११ बजेदेखि हुने कार्यकर्ता प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्ने छन् ।

राष्ट्रिय खेलकूदको समापन कार्यक्रममा सहभागी हुन बिहीबार पोखरा जानुभएका प्रधानमन्त्री देउवा पोखरामै हुनुहुन्छ भने दाहाल र नेपाल आज पोखरा अहिले जाँदैछन् ।

गण्डकी प्रदेश स्तरीय कार्यक्रम सकेर गठबन्धनका नेताहरु बिहीबार नै बुटवल जाने कार्यक्रम छ । दिउँसो २ बजे बुटवलमा लुम्बिनी प्रदेश स्तरीय कार्यक्रम राखिएको छ ।

यस्तै, गठबन्धनले कात्तिक ५ गते विराटनगर र जनकपुरमा चुनावी प्रशिक्षण कार्यक्रम राखेको छ । कात्तिक ६ गते धनगढी र सुर्खेतमा कार्यक्रम हुनेछ भने कात्तिक ७ गते काठमाडौंमा कार्यकर्ता प्रशिक्षण कार्यक्रम राखिएको छ ।

सत्ता गठबन्धनले यसअघि काठमाडौंको क्षेत्र नम्बर २ र ललितपुरमा संयुक्त प्रशिक्षण कार्यक्रम गरिसकेका छन् ।

-- Sponsored --
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

खुसी

दुःखी

आक्रोशित

Leave a Reply

Your email address will not be published. Required fields are marked *

विज्ञापनहरु

-- Sponsored --
-- Ad --

सिफारिस

×
🎡 Spin & Win