0 प्रतिक्रिया
जेलरलाई शोभराजको आग्रह : मिडियालाई मेरो फोटो खिच्न नदिनू
८ पुस, काठमाडौं । सिरियल किलर चार्ल्स शोभराजले आफूलाई मिडियाबाट टाढै राखिदिन केन्द्रीय कारागार प्रशासनलाई आग्रह गरेका छन् । फोटो पनि खिच्न नदिने र मिडियासँग कुराकानी पनि नगर्ने भन्दै उनले त्यसको व्यवस्था मिलाइदिन आग्रह गरेका हुन् ।
उनलाई कारागार प्रशासनले आज अध्यागमन विभागमा उपस्थित गराउँदैछ । अध्यागमनले पासपोर्ट लगायतका कागजपत्र हेरेर उनकै देश फ्रान्स फर्काउने तयारी गरेको छ ।
तर शोभराजले फ्रान्सबाट आएका आफन्तहरु हायत होटेलमा रहेकाले आफूलाई केही दिन त्यहीँ बस्ने व्यवस्था मिलाइदिन आग्रह गरेका छन् ।
शोभराजले २१ डिसेम्बर १९७५ मा नेपालको भक्तपुरमा आरमण्ड लरेन्ट क्यारियर र त्यसको दुई दिनपछि कोनिजो ब्रान्ची नामका युवतीको हत्या गरेको बताइन्छ । तर, उनले चाहिँ भक्तपुर घटनामा आफू संलग्न नरहेको बताउने गरेको उनका कानुनी सहयोगी गोपाल शिवाकोटी (चिन्तन) बताउँछन् ।



