+
+
-- Sponsored Ad --

माघे संक्रान्ति राैनक : तरुल र चाकुको मस्त व्यापार (फोटो फिचर)

434 पटक हेरिएको
Clock २०७९ पुष २८, बिहीबार १५:३९
-- Sponsored --

काठमाडौं :  माघे संक्रान्ति पर्व नजिकिएसँगै बजारमा तरुल र चाकुको व्यापार फस्टाएको छ।

कालीमाटी तरकारी तथा फलफूल बजारमा माघे संक्रान्ति पर्वका लागि तरुल किन्न जानेहरूको भीड यतिबेला देख्न सकिन्छ। तरुलको मूल्यमा विगतका वर्षहरूको भन्दा फरक नरहेको व्यापारीहरू बताउँछन्। कालीमाटी बजारमा धादिङ, नुवाकोट, मकवानपुर, सिन्धुपाल्चोक, सिन्धुली, रामेछाप लगायतका जिल्लाहरूबाट तरुलहरू आइरहेको व्यापारीहरूको भनाइ छ।

कालीमाटीमा तरकारी व्यापार गर्दै आएका कृष्णप्रसाद पोखरेलले तरुल माघे संक्रान्तीमा मात्रै पाउने सिजन भएकाले पनि संक्रान्तीको अघिल्लो दिनको व्यापार हेरेर मात्रै नाफा घाटाको बारेमा भन्न सकिने बताए। उनले मानिसहरू कत्तिको किन्न आउँछन् भन्ने कुराले नै मूल्य बढ्ने वा घट्ने भन्नेबारेमा थाहा हुने बताए। उनले अहिले कालीमाटी बजारमा सर्लाही, धादिङ, मकवानपुर, सिन्धुपाल्चोक, सिन्धुली, नुवाकोट लगायतका जिल्लाहरूबाट तरुलहरू धेरै आइरहेको जानकारी दिए।

त्यस्तै, कालीमाटी तरकारी तथा फलफूल बजारमा नै काँक्रोको व्यापार गर्दै आएकी अप्सरा सिलवाल भने अरुबेला काँक्रो मात्रै व्यापार गर्ने भएपनि यस पटक भने सिजन रहेकाले तरुल मगाएर व्यापार गरेको बताउँछिन्। उनले माघे संक्रान्तीका लागि आफूले नवलपरासीबाट २ गाडी तरुल ल्याएको बताइन्।

उनले गत वर्ष र यस वर्ष तरुलको भाउमा फरक नरहेको बताइन्। उनले यस वर्ष विगतको वर्षमा भन्दा धेरै तरुल भित्रिएकाले भाउ केही सस्तो हुने शंका रहेको बताइन्।

 ‘२ गाडी तरुल ल्याएर राखेकी छु। नवलपरासीबाट ल्याएको छु। व्यापार पोहोरको जस्तै छ। बढी, घटी छैन।  सामान यसपालि बढी आयो भने भाउ सस्तो हुन्छ जस्तो लागेको छ’ , उनले भनिन्।

माघे संक्रान्ती नजिकिएसँगै तरुल मात्रै होइन, बजारमा चाकुको पनि उत्पादन र व्यापार बढेको छ। जाडोमा गर्मी बढाउने अर्थात् शरीरलाई तातो बनाउनका लागि पनि यतिबेला बजारमा चाकुको व्यापार बढ्ने गर्छ।

चाकु पनि गत वर्षको मूल्यमा नै बिक्री भइरहेको व्यापारीहरू बताउँछन्। माघे संक्रान्तीको अवसरमा नेपाली समाजमा तरुल, चाकु, तिलौरा लगायत खाएर हर्षोल्लाससहित माघे संक्रान्ती पर्व मनाउने गरिन्छ।

-- Sponsored --
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

खुसी

दुःखी

आक्रोशित

Leave a Reply

Your email address will not be published. Required fields are marked *

विज्ञापनहरु

-- Sponsored --
-- Ad --

सिफारिस

×
🎡 Spin & Win