+
+
-- Sponsored Ad --

अफगानिस्तानमा पूर्वमहिला सांसद मुर्सलको हत्या

442 पटक हेरिएको
Clock २०७९ माघ २, सोमबार ११:०४
-- Sponsored --

एजेन्सी । अफगानिस्तानमा एक पूर्वमहिला सांसदको गोली हानी हत्या गरिएको छ ।

राजधानी काबुलस्थित आफ्नै घरमा रहेको समयमा सांसद मुर्सल नाबिजादा र उनका एक अंगरक्षकको गोली हानी हत्या गरिएको हो । नाबिजादाको घरमा प्रवेश गरेका बन्दुकधारीहरुको समूहले उनको अंगरक्षकलाई गोली हाने लगत्तै नाबिजादाको हत्या गरेका थिए । घटनामा उनका भाइ र एक सुरक्षागार्ड घाइते भएका छन् ।

घटना भए लगत्तै अर्का सुरक्षागार्ड भने घरको गहना चोरी गरी फरार भएका छन् । अफगानिस्तानका लागि सांसद रहेका नाबिजादालाई तालिवान सरकारले सन् २०२१ मा पदच्यूत गरेको थियो । तालिवान सरकारले पदच्यूत गरेका अधिकांश महिला सांसदहरुले देश छोडे पनि नाबिजादाले देश छोडेकी थिइनन् ।

साेही घटनाकाे बारेमा थप अनुन्सन्धान जारी रहेकाे जनाइएकाे छ ।

-- Sponsored --
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

खुसी

दुःखी

आक्रोशित

Leave a Reply

Your email address will not be published. Required fields are marked *

विज्ञापनहरु

-- Sponsored --
-- Ad --

सिफारिस

×
🎡 Spin & Win