+
+
-- Sponsored Ad --

१३ महिनापछि हट्यो आयातमा नगद मार्जिनको व्यवस्था

358 पटक हेरिएको
Clock २०७९ माघ ५, बिहीबार १७:१७
-- Sponsored --

५ माघ, काठमाडौं । आयातमा अनिवार्य नगद मार्जिनको व्यवस्था हटेको छ । केन्द्रीय बैंकले ढुकुटीमा विदेशी विनिमय सञ्चिति संकट गहिरिएपछि आयातमा कडाइ गर्न एक वर्षदेखि आयातको प्रतिपत्र (एलसी) मा ५० देखि शत प्रतिशतसम्म नगद मार्जिनको व्यवस्था गरेको थियो ।

बिहीबार एकीकृत परिपत्र जारी गर्दै केन्दीय बैंकले सबै प्रकारको नगद मार्जिनको व्यवस्था हटाएको जनाएको छ । अब आयातका लागि व्यवसायीले कुनै पनि प्रकारको नगद मार्जिन राख्नु पर्ने छैन । नेपाल राष्ट्र बैंकले ५ पुस २०७८ र २६ माघ २०७८ मा दुई पटक गरेर ४८ समूहका हार्मोनी कोडका बजारौं प्रकारका वस्तुको आयातका लागि एलसीमा नगद मार्जिनको व्यवस्था गरेको थियो ।

गत महिना केन्द्रीय बैंकको निर्माण सामग्रीहरुको आयातमा नगद मार्जिनको व्यवस्था हटाएको थियो ।

राष्ट्र बैंकले लागु गरेको उक्त व्यवस्थाको पछिल्लो समय निजी क्षेत्रले विरोध गर्दै आएका थिए । विश्व व्यपार संगठनको सदस्य मुलुक नेपालले लिएको आयात कडाइको नीतिप्रति अन्तर्राष्ट्रिय मुद्रा कोषले पनि चासो व्यक्त गरेको थियो । विदेशी मुद्राको सञ्चिति सुधारोन्मुख देखिए पछि आयातमा गरिएको कडाइ खेल्ने संकेत केन्द्रीय बैंकले यसअघि नै गरेको थियो ।

-- Sponsored --
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

खुसी

दुःखी

आक्रोशित

Leave a Reply

Your email address will not be published. Required fields are marked *

विज्ञापनहरु

-- Sponsored --
-- Ad --

सिफारिस

×
🎡 Spin & Win