
काठमाडौं : तीन घण्टादेखि अवरुद्ध त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हवाई उडान सुचारु भएको छ ।
त्रिभुवन विमानस्थलमा अध्यागमन विभागको वेबसाइटको सर्भर डाउन हुँदा मध्यान्ह १२ बजेदेखि अवरुद्ध भएको हवाई उडान केहीबेर अघिदेखि सुरु भएको त्रिभुवन विमानस्थल नागरिक उड्डयन कार्यालयले जनाएको छ ।
तीन घण्टा रोकिएका विमानहरू उडान भर्ने क्रम सुरु भइसकेको त्रिभुवन विमानस्थलका प्रवक्ता टेकनाथ सिटौलाले जानकारी दिए। सर्भरमा समस्या आएपछि फ्लाई दुबई, इन्डिगो एयर, एयर इन्डियालगायतका विमानको अन्तर्राष्ट्रिय उडान रोकिएको थियो ।