+
+
-- Sponsored Ad --

त्रिभुवन विमानस्थलमा तीन घण्टादेखि अवरुद्ध उडान सुचारु

746 पटक हेरिएको
Clock २०७९ माघ १४, शनिबार १६:१३
-- Sponsored --

काठमाडौं : तीन घण्टादेखि अवरुद्ध त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हवाई उडान सुचारु भएको छ । 

त्रिभुवन विमानस्थलमा अध्यागमन विभागको वेबसाइटको सर्भर डाउन हुँदा मध्यान्ह १२ बजेदेखि अवरुद्ध भएको हवाई उडान केहीबेर अघिदेखि सुरु भएको त्रिभुवन विमानस्थल नागरिक उड्डयन कार्यालयले जनाएको छ । 

तीन घण्टा रोकिएका विमानहरू उडान भर्ने क्रम सुरु भइसकेको त्रिभुवन विमानस्थलका प्रवक्ता टेकनाथ सिटौलाले जानकारी दिए। सर्भरमा समस्या आएपछि फ्लाई दुबई, इन्डिगो एयर, एयर इन्डियालगायतका विमानको अन्तर्राष्ट्रिय उडान रोकिएको थियो ।  

-- Sponsored --
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

खुसी

दुःखी

आक्रोशित

Leave a Reply

Your email address will not be published. Required fields are marked *

विज्ञापनहरु

-- Sponsored --
-- Ad --

सिफारिस

×
🎡 Spin & Win