मेलम्चीको पानी दुई महिना वितरण नहुने

काठमाडौं : मेलम्चीको पानी अब दुई महिना नआउने भएको छ। आगामी असार १ गतेदेखि करिब दुई महिनासम्म काठमाडौं उपत्यकामा पानी वितरण राेक्न लागिएको हो। 

 

सुरुङमार्गको परीक्षण गर्न पानी बन्द गर्न लागिएको काठमाडौं उपत्यका खानेपानी लिमिटेड (केयुकेएल) का प्रवक्ता प्रकाश कुमार राईले जानकारी दिए। 

उनका अनुसार सुरुङमार्ग परीक्षणका लागि खाली गर्न मात्र १५ दिन लाग्ने छ। त्यसपछि विज्ञ र प्राविधिकले सुरुङभित्र गएर त्यहाँको अवस्था अध्ययन गर्नेछन्। उनले सुरुङ परीक्षणका क्रममा केही समस्या देखिएमा तत्कालै त्यसको समाधान गर्ने पनि जानकारी दिए।

‘सुरुङ परीक्षण गर्न समय लाग्छ,लगभग दुई महिना पानी नआउन सक्छ,’राईले भने।

चैत १५ देखि उपत्यकामा पानी वितरण थालिए पनि राष्ट्रपति विद्यादेवी भण्डारीले चैत २० गते पानी वितरणको औपचारिक उद्घाटन गरेकी थिइन्। त्यसपश्चात मेलम्चीबाट दैनिक १७ करोड लिटर ल्याएर उपत्यकाका विभिन्न ठाउँमा वितरण भइरहेको थियो। 

 

  • सम्बन्धित समाचारहरूः

    • २०८१ फाल्गुन ४, आईतवार १८:१२
    • 41 views
    १ रुपैयाँ पठाउँदा ११.३० अतिरिक्त शुल्क तिर्नुपर्ने बाध्यता, प्रमको आश्वासन ‘अलपत्र’ !

    काठमाडौं । ठ्याक्कै पाँच महिनाअघि १५ सेप्टेम्बर २०२४ मा प्रधानमन्त्री केपी शर्मा ओलीले सामाजिक सञ्जाल पोस्टमार्फत डिजिटल भुक्तानीमा लाग्ने अतिरिक्त शुल्क हटाउने तयारी भएको जानकारी दिएका थिए । जाजरकोटका आफ्ना…

    विस्तृत.....

    • २०८१ माघ २८, सोमबार १८:३५
    • 31 views
    राष्ट्रिय पञ्चायतकी चर्चित सदस्य नानीमैया दाहालको निधन

    काठमाडौं । राष्ट्रिय पञ्चायतकी चर्चित सदस्य नानीमैया दाहालको निधन भएको छ । काठमाडौंका मित्रपार्कस्थित दीर्घायु अस्पतालमा उपचारका क्रममा निधन भएको गोकर्णेश्वर–६ का पूर्ववडाध्यक्ष तथा मित्रबन्धु कल्याणकारी गुठीका अध्यक्ष रमेश अर्यालले…

    विस्तृत.....

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *