राजेश सुनाम, २५ माघ ०७९, एन सन्चार :  नवलपुर उद्योग बाणिज्य संघद्धारा आयोजित पर्यटन,कृषि,उद्योग र व्यापार नवलपुर बिकासको मूल आधार भन्ने नारा सहित सातौ नवलपुर महोत्सवमा नवलपुर जिल्लाभित्रका विविध कला संस्कृति, भाषाको संरक्षण र प्रर्वदन गर्दै स्थानीय उत्पादनको बजारीकरणका लागि फाल्गुण ०३ देखि १३ गते सम्म कावासोतिको टुर्वाेग खेलमैदानमा सम्पन्न गर्न लागिएको छ ।

यो महोत्सब अरु समयको भन्दा अलि फरक हुने आयोजकले बताएको छ । केहि नयाँ र रोचक कुराहरु देख्न पाइने छ । महोत्सबमा रहने स्टलहरुमा एक पालिका एक कृषि उत्पादन तथा ब्यापार प्रर्दशनी, जिल्ला स्तरीय कृषि प्रदर्शनी तथा प्रतियोगीता, धार्मिक एवम् जातिय पहिरन प्रर्दशनी , ब्यावसायिक फर्म , अटो स्टल, टिकटक प्रतियोगिता, बाल उधान, भगवानरुपी देशान्त अधिकारी बालकको साक्षातकार समेत रहने बताइएको छ ।

त्यस्तैगरी महोत्सबमा रत्यौली प्रतियागिता, सातौ नवलपुर डान्स आइडल, स्थानिय कला संस्कृति प्रदर्शनि र स्थानिय एवम् राष्टिय कलाकारहरुको बेजोड प्रस्तुती रहने छ । महोत्सब ५ लाख दर्शकले प्रत्यक्ष वा अप्रत्यक्ष रुपमा अवलोकन गर्नेमा आयोजक समुह ढुक्क छ । बिद्यार्थी भाइबहिनीहरुको लागि आफ्नो परिचय पत्र देखाएमा छुटको समेत ब्यवस्था गरिएको छ ।

महोत्सबमा कृषि तथा स्थानिय उत्पादन ४० , अटो १५ , विभिन्न धार्मिक तथा सास्कृतिक १०, होटल २०, ब्यावसायीक १६५ गरी जम्मा २५० स्टल रहनेछन् ।