0 प्रतिक्रिया
यसवर्षकाे एकादसी मेला पिठाैलीमा भव्यताका साथ सम्पन्न हुने ।
हरिबाेधनी एकादशीकाे अवसरमा कावासाेतीकाे पिठाैलीमा मेला लाग्ने भएकाे छ ।
लामाे समय देखि एकादशीकाे दिन पारेर लाग्दै आएकाे मेला गएकाे वर्ष काेभिडका कारण व्यवस्थित रुपमा लाग्न सकेकाे थिएन । यस बर्ष भने सास्कृतीक कार्यक्रम सहित मेला लाग्ने आयाेजक पिठाैली चाैर युवा समितिका अध्यक्ष सागर गुरुङले बताए ।
मेला यहि २८र २९ गते लाग्ने अध्यक्ष गुरुङले बताए । मेलालाई व्यवस्थित बनाउन तयारी तिब्र पारिएको उन्ले बताए । जुवाका लागि चिनिएको याे मेलामा केहि बर्ष यता जुवा खेल्न भने पूर्ण रुपमा निषेध गरिएकाे छ ।
नारायणी नदि किनारमा अवस्थित पिठाैलीमा लाग्ने मेला स्थानीय उत्पादनकाे बजारिकरणकाे लागि समेत प्रख्यात छ । नवलपुरकाे पहाडका सुन्तला, अम्रिसाे,अदुवा , तरुल , सखर खण्ड देखि किसानले उत्पादन गरेका खाध्यन्न खरिदबिक्री समेत हुने गर्दछ ।
थारु समुदायका विभिन्न खाना ,खाजाका परिकार समेत मेलाकाे आकर्षण रहने गर्दछ । मेलालाई थप व्यस्थित बनाउन आफुहरुलागि परेकाे वडा नम्बर १२ का वडा अध्यक्ष खेम प्रसाद काफ्लेले बताए । भाेलिकाे चिनारीकाे रुपमा एकादशी मेलालाई स्थापित गराउन सबै लाग्नुपर्नेमा काफ्लेले जाेड दिए।
नारायणी स्नान गर्न आउनेकाे एकादशीका दिन पिठाैलीमा भिड लाग्ने गर्दछ । मेलाकै दिन राष्ट्रिय तथा स्थानीय कलाकार सहितकाे सास्कृतीक कार्यक्रम समेत हुने सांस्कृतिक कार्यक्रमका संयाेजक एवं गायक राजन गुरुङले बताए । यस्तै नारायणी नदिमा बाेटिङ्गकाे समेत व्यवस्था रहेकाे उहाँले बताए ।



