+
+
-- Sponsored Ad --

टाँडी प्रहरीद्वारा ११ वटा मोबाइल सम्बन्धित व्यक्तिलाई हस्तान्तरण

217 पटक हेरिएको
Clock २०७९ चैत्र ९, बिहीबार १९:०३
-- Sponsored --

रत्ननगर, चैत्र ९ । इलाका प्रहरी कार्यालय रत्ननगर टाँडीले फेला पारेको १९ थान मोबाइल मध्ये ११ थान सम्बन्धित धनीलाई बुझाएको छ । सूचना संकलन शाखाका विभिन्न मितिमा मोवाईल चोरी तथा हराएको भनि निवेदन प्राप्त आधारमा उक्त फेला पारिएको ११ थान मोबाइल सम्बन्धित धनीलाई प्रहरीले बुझाएको हो ।
८ थान मोबाइल सेट अनुसन्धानकै क्रममा रहेको प्रहरीले जनाएको छ ।  चोरीका थान ८ र हराएका ११ थान गरी जम्मा १९ थान मोबाइल सेट रहेका छन् ।

काठमाडौं स्थित भोटाहिटीमा नेपाल प्रहरीको साईवर ब्युरो नामक छुट्टै बिभाग खडा गरी खोजतलासका क्रममा विभिन्न स्थानबाट उक्त मोबाइलहरु फेला पारिएको इलाका प्रहरी कार्यालय रत्ननगर टाँडीका डिएसपी अनिल कुमार खड्काले जानकारी दिए ।

पर्ने मोवाईल फोनका राम्रा र नराम्रा पक्षका बारेमा सम्पूर्ण जन-समुदायलाई सुचित गरी बिना आई एम ई नं. का मोवाईल बोक्न नहुने डिएसपी खड्काको भनाई छ ।

भेट्टाएको मोवाईल फोन चलाउदा दुर्घटनामा पर्ने जस्ता नैतीक शिक्षाका ज्ञानहरू सर्बसाधारणमा फैलाउन आवश्यक रहेको उनले बताए ।

-- Sponsored --
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

खुसी

दुःखी

आक्रोशित

Leave a Reply

Your email address will not be published. Required fields are marked *

विज्ञापनहरु

-- Sponsored --
-- Ad --

सिफारिस

×
🎡 Spin & Win