+
+
-- Sponsored Ad --

ओमानविरुद्ध टस हारेर ब्याटिङ गर्दै नेपाल, गुल्शनलाई बेन्चमा राखेर करण मैदानमा

265 पटक हेरिएको
Clock २०८० बैशाख ८, शुक्रबार ०९:००
-- Sponsored --

८ वैशाख, काठमाडौं । एसीसी प्रिमियर कप क्रिकेटमा ओमानले टस जितेर फिल्डिङ रोजेपछि नेपालले पहिले ब्याटिङ गर्ने भएको छ ।

समूह ‘ए’ मा रहेका दुई उपाधि दाबेदार नेपाल र ओमानबीचको खेल कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा केहीबेरमा सुरु हुँदैछ ।

यो खेलमा नेपालले एक परिवर्तन गरेको छ । गुल्शन झालाई बेन्चमा राखेर करण केसीलाई मैदान उतारिएको छ ।

दुवै टोलीले आफ्नो पहिलो खेल जितेका छन् । नेपालले उदघाटन खेलमा मलेसियालाई ६ विकेटले पराजित गरेको थियो भने ओमानले कतारलाई ४० रनले हराएको थियो । दुवै टोली लगातार दोस्रो खेल जित्दै सेमिफाइनल यात्रालाई सहज बनाउने योजनामा छन् ।

-- Sponsored --
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

खुसी

दुःखी

आक्रोशित

Leave a Reply

Your email address will not be published. Required fields are marked *

विज्ञापनहरु

-- Sponsored --
-- Ad --

सिफारिस

×
🎡 Spin & Win