काठमाडौं । बाँसबारी छाला जुत्ता उद्योगको सरकारी जग्गा प्रकरणमा पक्राउ परेका सिजी होल्डिङसका अध्यक्ष एवं व्यवसायी अरुण चौधरी र तत्कालिन प्रमुख अजित नारायणसिंह थापालाई ग्रान्डी अस्पताल लगिएको छ ।
बिहीबार पक्राउ परेका चौधरी र थापाको स्वास्थ्यमा समस्या आएको भन्दै चिरायु अस्पतालमा उपचार गरिएको थियो । तर आज उनीहरु दुवैलाई धापासीस्थित ग्राण्डी अस्पताल सारिएको हो ।

